ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने


एबीसी न्यूज
बैशाख १७, २०७५ सोमबार  १० : ५९ बजे

 

बेइजिङ, १७ वैशाख।  चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ ।

उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको भ्रमणमा जान लागनुभएको पनि उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो ।

त्यस्तै उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी शनिबारमात्र दिनुभएको छ ।

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्नुभएको यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

इन्स्टाग्राममा भाजपालाई ककरोच पार्टीले उछिन्यो, एक्स अकाउन्ट भारतमा प्रतिबन्धित

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

ट्रम्प र पुटिनको भ्रमण: सी चिनफिङको कूटनीतिक चाल (एक्प्लेनर)

ओर्बानको पतन र युरोपको उदय

रूसी राष्ट्रपति पुटिन नेतृत्वको जम्बो टोली आज चीन भ्रमणमा जाँदै

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com