काठमाडौं, १७ वैशाख । टेकुमा रहेको प्राकृतिक ग्यासको कुवाको उत्खननका लागि ठेक्का लागेको छ । टेकुको मन्दिर नजिकै रहेको कुवामा ड्रिलिङ सकाएर परीक्षणको तयारी हुँदै गर्दा फोहोरमैला संकलन केन्द्रसँगकै दोस्रो कुवामा ड्रिलिङ र व्यवस्थापनको काम अघि बढाउन लागिएको छ ।
यो परीक्षणबाट पछि काठमाडौंमा प्राकृतिक ग्यासको सम्भाव्यता पत्ता लाग्नेछ र थप अध्ययन–अनुसन्धानका टेवा पुग्ने छ ।
टेकुस्थित प्राकृतिक ग्यास स्टेसनहरुमा जमिनमुनिको ग्यासको वास्तविक अवस्था र त्यसको व्यावसायिक उत्पादन र वितरणबारे प्राविधिक परीक्षण गर्न काम अघि बढाइएको खानी तथा भूगर्भ विभागका प्रकाृतिक ग्यास महाशाखा प्मुख पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।
यदि टेकुको प्राकृतिक ग्यास स्टेसनले ‘ग्रीन सिग्नल’ दिए उपत्यकाका अन्य ११ वटा स्टेसनमा पनि त्यसको सम्भाव्यता जाँच अघि बढाउने खानी विभागको योजना छ ।
सबै स्थानमा ड्रिल गरेर उत्पादनको सम्भाव्यता बुझ्न नै
नाकाबन्दीका समयमा ओली सरकारले बनाएको प्राकृतिक ग्यास उत्खननको योजना अहिलेसम्म अध्ययनमै अल्झिरहेको छ ।
३५ वर्षअघि टेकुमा जापानी सहयोग नियोग (जाइका)ले जमिनभित्रको प्राकृतिक ग्यास निकाल्न ड्रिल गरेको थियो । तर, लामो समयसम्म त्यसलाई मर्मत सम्भार र रेखदेख नगरेपछि ड्रिलिङ गरिएको ग्यास कुवामा माटो र बालुवा भरिएका छन् ।
अब हुने परीक्षण उत्पादनबाट ओलीले भनेजस्तो घर(घरमा ग्यासको पाइप पुर्याउने गरी बाटो खुल्नेरनखुल्ने प्रतीक्षाको विषय छ ।
प्रतिक्रिया दिनुहोस्