ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्वमा फेरबदल : आयकरमा राहत, शिक्षा–स्वास्थ्य र बिजुलीमा करको भार


एबीसी न्यूज
जेष्ठ १६, २०८३ शनिबार   ५ : २७   बजे

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरमा राहत दिए पनि शिक्षा, स्वास्थ्य, बिजुली तथा राइड सेयरिङ सेवामा नयाँ कर तथा शुल्क लगाएर राजस्व संकलनको दायरा विस्तार गरेको छ।

सरकारले व्यक्तिगत आयकरको एक प्रतिशत दर लाग्ने सीमा झन्डै दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ भने अधिकतम आयकर दर २९ प्रतिशतमै कायम राखेको छ। यसबाट कामकाजी वर्गलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशत समता शुल्क लगाइएको छ। निजी स्वास्थ्य सेवामा समेत ३ प्रतिशत समता शुल्क लागू गर्ने व्यवस्था गरिएको छ। यसले शिक्षा र स्वास्थ्य सेवा थप महँगिने अनुमान गरिएको छ।

यस्तै, ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ता तथा राइड सेयरिङ सेवा प्रयोगकर्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) लगाइएको छ। यसले यी सेवाको लागत बढाउनेछ।

सरकारले सेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर पनि बढाएको छ। अब एक वर्षभन्दा बढी अवधिसम्म राखिएको सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा १० प्रतिशत कर लाग्नेछ। यसअघि क्रमशः ५ र ७.५ प्रतिशत कर लाग्दै आएको थियो।

बजेटमार्फत विभिन्न करलाई एकीकृत गर्दै हरित करको व्यवस्था गरिएको छ। पेट्रोलमा हरित कर १० प्रतिशतले बढाइएको छ भने स्मार्ट घडी, मेमोरी कार्ड, भ्याकुम क्लिनरलगायतका वस्तुमा पनि हरित कर लागू गरिएको छ।

उपभोग्य वस्तुमा अन्तःशुल्क वृद्धि गरिएकाले पाउरोटी, बिस्कुट, केक, आलु चिप्स, कुरकुरे, इनर्जी ड्रिङ्क्स तथा हल्का पेय पदार्थको मूल्य बढ्ने देखिएको छ। अल्कोहलरहित बियरमा लाग्ने अन्तःशुल्क दोब्बर बनाइएको छ।

सुनमा लगाइँदै आएको २ प्रतिशत विलासिता कर भने हटाइएको छ। तर सुन, चाँदी तथा गरगहनाको बिक्रीमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लागू गरिएको छ। हिराको आयातमा भन्सार शुल्क पनि वृद्धि गरिएको छ।

सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित उद्योग, व्यवसाय तथा होटलहरूको पुनःस्थापनाका लागि आयात हुने सामग्रीमा भन्सार महसुल र अन्तःशुल्कमा छुट दिने व्यवस्था समेत गरेको छ।

अर्थविद्हरूका अनुसार सरकारले आयकरमा छुट दिएर नागरिकलाई राहत प्रदान गरे पनि शिक्षा, स्वास्थ्य, ऊर्जा तथा उपभोग्य वस्तुमा कर बढाएर राजस्व सन्तुलन कायम गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

आज र भोलिभित्र नेविसंघ र दलित संघको नयाँ नेतृत्व आउँछ : गगन थापा

बजेट गरिब र निजी क्षेत्र सिध्याउनलाई आयो–दुर्गा प्रसाईं

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group