ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको राष्ट्रिय गौरवको सिँचाइ आयोजना, मूल नहर नै बनेन


admin
बैशाख १६, २०७५ आईतबार  ४ : ३० बजे

काठमाडौँ, १६ वैशाख । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भइरहेको ढिलाइप्रति महालेखा नियन्त्रक कार्यालयले आपत्ति जनाएको छ ।

आयोजना सम्पन्न हुने समय नजिक आइपुग्दासमेत मूल नहर नै निर्माण नहुँदा लागत र समय बढ्ने भन्दै महालेखाले किन त्यस्तो भएको हो, जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

उक्त आयोजना आर्थिक वर्ष २०५९÷६० मा शुरु भएको हो । निर्माण तालिकाअनुसार आयोजना आव २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मूल नहरमात्रै नभई शाखा नहरको कामसमेत अगाडि बढेको छैन । नहरको कमाण्ड एरिया तोकिएको पूर्वतर्फ राप्ती सोनारी गाउँपालिकाको सिँचाइ योग्य स्थानमा सिँचाइ सुविधा उपलब्ध गराउन ५३.५० किलोमिटरको मूल नहर निर्माण शुरु हुन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

निर्माण सम्पन्न भएको आयोजनाको मुख्य नहरमा ठाउँठाउँमा फुटेको, पहुँच सडक भत्किएको, नहरको संरचनामा नै समस्या रहेको पाइएको छ । वितरण प्रणाली नै तयार नभई मूल नहरको धेरै ठाउँमा नोक्सान पुगेको छ । उक्त आयोजनाको निर्माण कार्यको गुणस्तरमा छानविन गरी जिम्मेवारी यकिन गर्नसमेत महालेखाले सरकारलाई निर्देश गरेको छ ।

यस्तै बबई सिँचाइ आयोजनाको पनि मूल नहर निर्माण नै हुन सकेको छैन । कूल ७७ किलोमिटर नहर निर्माण गर्ने लक्ष्य रहेकामा ५५ किलोमिटर नहरमात्रै निर्माण भएको छ । सम्पन्न भएका नहरको समेत पूर्ण मर्मत सम्भारसमेत सम्पन्न भएको छैन ।

बर्दिया जिल्लाको ३६ हजार हेक्टर कृषि योग्य भूमिमा सिँचाई सुविधा पु¥याउन आव २०४४÷४५ देखि आयोजना शुरु भएको हो । आव २०६९÷७० मा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको पछिल्लो संशोधित तालिकाअनुसार आव २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको संशोधित लागत रु १२ अर्ब ६९ करोड छ । आयोजनाको समष्टिगत भौतिक प्रगति ४९ प्रतिशतमात्रै छ । निर्माण सामग्रीको आपूर्ति र जग्गा अधिग्रहणको विवादले आयोजनाको अवधि लम्बिएको दाबी आयोजनाले गर्दै आएको छ ।

यस्तै रानीजमरा कुलरिया आयोजनाको अवस्था पनि सिक्टा र बबईको जस्तै रहेको महालेखाले जनाएको छ ।

आयोजनामा हालसम्म रु चार अर्ब ५२ करोड ८१ लाख खर्च भएको छ । सो खर्च विस्तृत परियोजना प्रतिवेदनमा आधारित हुनुपर्नेमा खरिद गुरुयोजनामा आधारित रहेर गरेको महालेखाले औँल्याएको छ ।

आयोजनामा प्रतिसेकेण्ड १०० घनमिटर क्षमताको साइट इन्टेक निर्माणको ठेक्कामा रु एक अर्ब २२ करोड ८८ लाख भुक्तानी भइसकेको छ ।

कर्णाली नदीमा बाँधलगायतका स्थायी संरचना निर्माण नहुनु र माथिल्लो विद्युत् आयोजनाले समेत सिँचाइका लागि पानीको उपलब्धतामा असर पु¥याउने हुँदा निरन्तर रुपमा १०० घनमिटर प्रतिसेकेण्ड पानी उपलब्ध हुन सक्ने अवस्था नरहेकाले समयमा नै उक्त समस्या न्यूनीकरण गर्न जरुरी रहेको महालेखाले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा राखिएका आयोजनाको अवस्था नै दुरुहपूर्ण रहनु नराम्रो भन्दै महालेखाले समस्या समाधान गरी तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

पछिल्लो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले महालेखाले उठाएका विषयमा आफूहरु जानकार रहेको भन्दै समस्या समाधान गरेर जाने प्रतिबद्धता जनाएको छ ।

कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन महत्वपूर्ण ठानिएका आयोजना समयमै सम्पन्न गर्न सरकारले प्राथमिकता दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com