ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा आरोहण गर्न जान लाग्नुभएकी तामाङलाई झण्डा हस्तान्तरण


एबीसी न्यूज
बैशाख १५, २०७५ शनिबार  ६ : ५२ बजे

 

काठमाडौँ, १५ वैशाख।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालका महिलालाई स्वदेशमा नै रोजगारको सम्भावना रहेको छ भन्ने सन्देश फैलाउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथा चढ्न थाल्नुभएकी कान्छीमाया तामाङलाई आज नेपाली झण्डा हस्तान्तरण गर्नुभएको छ ।

ललितपुरस्थित मन्त्री निवासमा आयोजित कार्यक्रममा मन्त्री विष्टले सिन्धुपाञ्चोक भोताङ–३ का तामाङलाई झण्डा हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा मन्त्री विष्टले तामाङले जुन अभियानका साथ सगरमाथा चढ्न चाल्नुभएको त्यसले श्रमप्रतिको सम्मान बढाउने बताउनुभयो ।

तामाङको यस अभियानले वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै रोजगार गर्नुपर्दछ भन्ने सकारात्मक सन्देश दिनेसमेत उहाँले बताउनुभयो ।

तामाङ इजिप्टमा छ वर्ष वैदेशिक रोजगारमा बसेर गत वर्ष स्वदेश फर्कनुभएको हो । “नेपालमा काम गर्न अप्ठ्यारो मानेर धेरै युवा विदेश जाने गरेका छन्”, उहाँले भन्नुभयो, “तर तामाङ सगरमाथाको शिरमा पुगेर दिने सन्देशले नेपाली युवालाई स्वदेशमा नै रोजगार दिलाउने प्रेरणा प्रदान गर्नेछ ।”

सोही अवसरमा मन्त्री विष्टले मन्त्रालयले चलाएको ‘श्रमको सम्मान हाम्रो अभियान’भन्ने अभियानको नारासमेत हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले तामाङको अभियान वैदेशिक रोजगारमा नभई स्वदेशमा नै रोजगार गर्नु पर्दछ भन्ने सन्देश दिने बताउनुभयो ।

कार्यक्रममा आरोही तामाङले वैदेशिक रोजगारमा महिला जानुभन्दा स्वदेशमा नै राम्रो रोजगार पाउनसक्ने सम्भावना रहेको जनचेतना जगाउन सगरमाथा चढ्न थालेको बताउनुभयो ।

“वैदेशिक रोजगारमा महिलाले धेरै नै दुःख पाएको मैले देखेँ”, उहाँले भन्नुभयो, “त्यो दुःखभन्दा हाम्रो देशमा पर्यटन, कृषिका क्षेत्रमा महिलालाई रोजगार गराउने प्रशस्त सम्भावना रहेको छ । त्यसैले नेपालमा नै महिलालाई रोजगारीको अवसर छ भन्ने सन्देश दिन सगरमाथा चढ्न थालेको हुँ ।” तामाङ आइतबार सगरमाथा चढ्नका लागि जानुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com