ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीबारे अध्ययन गर्न समिति गठन


admin
बैशाख १४, २०७५ शुक्रबार  ८ : १२ बजे

हेटौँडा, १४ वैशाख। प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ ।

समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट दुई÷दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक एक गरी १३ सदस्य रहनुभएको छ । सदस्यमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर र डा रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का र जगत सिंखडा, कांग्रेसबाट छिरिङदोर्जे लामा, राष्ट्रिय जनशक्ति पार्टीबाट प्रभात तामाङ, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं, राप्रपाबाट रीता माझी, राप्रपा(प्रजातान्त्रिक)बाट रीना गुरुङ रहनुभएको छ ।

समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदले माग दावी गर्दै संसद्मा निवेदन दर्ता गराएका थिए ।

यसअघि आजको बैठमा मुख्यमन्त्री डोरमणि पौडेलले पेश गरेको गाउँ नगर र जिल्ला सभा सञ्चालन गर्न बनेको विधेयक र स्थानीय निकायको निर्वाचित पदाधिकारी एवं सदस्यलाई सेवा सुविधा (पारिश्रमिक) सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा बिहीबार र आज शुक्रबार विशेष समयमा उठको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उद्योग, पर्यटन एवं कृषिलाई वैज्ञानिक र आधुनिकता दिन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

उहाँले ३ नं प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका भूकम्पपीडितका घर निर्माणमा तत्कालै केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले हेटाँैडा–काठमाडाँै जोड्ने सुरुङमार्ग निर्माणमा केन्द्रीय सरकारसँग समन्वय गर्ने एवं सुकुम्वासीलाई व्यवस्थित बसोबास गराउन दीर्घकालीन योजना तर्जुमा गरिने बताउनुभयो ।

सभामुख सानुकुमार श्रेष्ठले आजैका मितिदेखि प्रदेशसभाको बैठक अन्त्य गरिएको जानकारी दिँदै प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाउनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com