ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताका भावनालाई समेटेर बजेट आउनुपर्छ: प्रदेश सांसद


admin
बैशाख १४, २०७५ शुक्रबार  ७ : २५ बजे

पोखरा, १४ वैशाख। प्रदेश नं ४ को आजको प्रदेश सभा बैठकमा सदस्यहरूले जनताका भावना समेटेर बजेट आउनुपर्ने धारणा राखेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५ को बाँकी अवधिका बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा धारणा राख्दै सदस्यहरूले प्रदेशको समृद्धि र विकासका साथै जनजीविकाको स्तरोन्नति गर्ने किसिमबाट बजेट तयार हुनुपर्ने बताए ।

उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै सडक सञ्जालको विस्तार, ऊर्जा, जलस्रोत आदिलाई प्राथमिकतामा राख्नुपर्ने वक्ताहरूको जोड थियो ।

प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले आर्थिक समृद्धि र विकासका लागि करको वृद्धिभन्दा पनि करको संख्या बढाउने किसिमका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य कुमार खड्काले बजेट निर्माणका क्रममा अनावश्यक आश्वासन दिन आवश्यक नभएको बताउँदै जनतालाई सुशासनको प्रत्याभूति गराउने खालका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभा सदस्य दीपक कोइरालाले बजेट जनमुखी बन्नुपर्ने बताउँदै यसले युवावर्गलाई स्वदेशमा नै रोजगार सिर्जना गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश सभा सदस्य हरिशरण आचार्यले कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउँदै सहज रुपमा कर तिर्ने करदातालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य पियारी थापाले दिनभरि काम गरेर पनि रातमा राम्रोसँग खान नपुग्ने गरीब र निमुखा वर्गलाई लक्षित गरी बजेट आउनुपर्ने बताउनुभयो ।

आजको छलफलमा प्रदेश सभा सदस्यहरू चन्द्रबहादुर बुढा, मीना गुरुङ, धनमाया पोखरेल लामा, मोहनप्रसाद रेग्मी, मधु अधिकारी गुरुङ, मनबहादुर गुरुङ, प्रकाशचन्द्र दवाडी, चन्द्रमोहन गौचन, मनकुमारी गुरुङ र कोपिला बोहोराले समाजका सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी बजेट आउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com