ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरपालिकावासीनै स्वास्थ्य सेवाबाट वञ्चित


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार  २ : ३८ बजे

 

ललितपुर, १४ वैशाख।  ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।

महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्थासमेत नहुँदा महानगरपालिकावासी सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।

उपमहानगरापलिका हुँदादेखि नै स्थानीयवासीले नगर अस्पतालको माग गर्दै आएका थिए । महानगरपालिका हुँदासम्म पनि स्वास्थ्य चौकीसरहका स्वास्थ्य संस्थामात्रै छन् ।

ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीका निजी अस्पताल जान बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् ।”

महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृ–शिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा रहेका २० वटा मातृ शिशु क्लिनिक छन् । यी क्लिनिकले ‘बर्थिङ सेन्टर’ चलाएकामा सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ । कार्की भन्नुहुन्छ, “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीब सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन् ।

जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधिले एक वर्षमात्रै काम गरेकाले अझै आशा गर्ने समय छ ।”

लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागू गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com