प्युठान, १४ बैशाख । चट्याङका कारण एक बालिकाको ज्यान गएको छ भने दुइ जना घाइते भएका छन् ।
प्यूठान नगरपालिका वडा नं १० मरन्ठाना वल्देका शिव बहादुर बि क कि ८ बर्षिय छोरी बिमला बिकको मृत्युु भएको हो । राति घरमा सुतिरहेका वेला चट्याङले परेको थियो । विमलाको राति अस्पताल लैजाने क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुई घाइते महिला प्यूठान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्