काठमाडौं, १२ वैशाख । नेपाल प्रहरीले दिँदै आएको चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब उपत्यकाका ६ स्थानबाट प्राप्त गर्न सकिने भएको छ ।
अधिकांश मुलुकमा वैदेशिक रोजगारीमा जाने वा अन्य प्रयाजनका लागि जाँदा पनि पुलिस रिपोर्ट अनिवार्य मानिन्छ ।
यसअघि उपत्यकाका ४ स्थानबाट सेवा दिइँदै आएकोमा हाल महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थपेर ६ स्थानबाट प्राप्त गर्ने वातावरण मिलाइएको प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले बताए ।
यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट सेवा प्रदान गरिँदै आएको थियो।
नेउपानेका अनुसार उपत्यका बाहिरको हकमा १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरीसँगै संघीय प्रहरी इकाइ सेतीबाट सेवा प्रदान गरिँदै आएको छ । सेवाग्राहीले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको र अन्य स्थानहरुका बारेमा प्रहरीले सोचिएको नेउपानेले बताए ।
प्रतिक्रिया दिनुहोस्