ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद


एबीसी न्यूज
बैशाख ११, २०७५ मंगलबार   ९ : १५   बजे

बाँके, ११ वैशाख ।  नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले  नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको अदालतका श्रेष्तेदार दण्डपाणी लामिछानेले जानकारी दिनुभयो ।

तीन वर्षअघि नेपालगन्जको व्यस्त सडकमा दिउन्सोको समयमा खुडा प्रहार गरी हत्या गरिएका नेपालगञ्जका मानन्धरको हत्याका मुख्य आरोपी गुण्डा नाइके रिगल भनिने योग ढकालले जिल्ला अदालत बाँकेमा आत्मसर्मपण गरेको दुईबर्षपछि फैसला भएको हो ।

तीन वर्षअघि नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझी चोकमा नेपालगञ्ज–८ का २९ वर्षीय चेतन मानन्धरलाई २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी हत्या गर्ने कार्यमा रिगल ढकालको मुख्य संलग्नता र योजना भएको भन्दै प्रहरीले ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।  जसमध्ये एकजनाले मात्रै सफाई पाएका छन् ।

जिल्ला अदालतले हत्यामा संलग्नमध्ये रुकुम पेउघा ७ का २२ वर्षीय प्रशान्त गौतम भनिने प्रेमध्वज खत्रीलाई जन्मकैद, सुर्खेत विनपा ६ का २२ वर्षीय विशाल बस्नेतलाई जन्मकैद, बाँके शम्शेगञ्ज ६ का २९ वर्षीय नवराज खत्रीलाई जन्मकैद, सुर्खेत छिन्चु २ का २५ वर्षीय मोहन खड्कालाई जन्मकैदको सजाय सुनाएको छ ।

यसैगरी सोहनसिंह ढकाललाई १० वर्ष, माधव नेपालीलाई ३ वर्ष, विवाद पाठकलाई ३ वर्ष, हरि वलीलाई ३ वर्ष, प्रितम थापालाई ३ वर्ष, मनिष चौलागाईलाई ३ वर्ष, यमबहादुर बुढामगरलाई ३ वर्ष, दीपेन्द्रसिंह भनिने दीपेन्द्र मल्ललाई ५ वर्ष र केशवबहादुर रोकायलाई ३ वर्षको कैद सजाय सुनाएको छ । यसैगरी दीपक केसीलाई भने सफाई दिएको छ ।

जिल्ला न्यायाधीश सुवेदीले आइतबारदेखि निरन्तर सुनुवाईमा राखेर मुद्धा टुंग्याउनुभएको हो ।  किशोर मानन्धरको जाहेरीले वादी नेपाल सरकार रहेको मुद्धामा रिगल ढकाललगायत १५ जनालाई विपक्षी बनाइएको थियो । सरकारीवादी मुद्धामा जिल्ला न्यायाधीश टेकबहादुर थापाले बहस गर्नुभएको थियो ।

घटनाका समयमा रिगल तरुण दल बाँकेको क्षेत्रीय अध्यक्ष थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा आयाोजित पत्रकार भेटघाटमा तत्कालीन प्रहरी प्रमुख वसन्त पन्तले मानन्धरलाई रिगल ढकाल आफैंले खुँडा प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शी तथा पक्राउ परेका व्यक्तिको बयानका आधारमा पुष्टि भएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group