बाँके, ११ वैशाख । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा औषधी ब्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई पक्राउ गरेको हो ।
उनले मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीबाट ५० हजार घुस लिदालिदै रङ्गेहात पक्राउ गरेको कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीले जानकारी दिए ।
भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । केही महिनाअघि मात्र नेपालगन्जको एक रेष्टुरेष्टबाट सोही कार्यालयका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई सेवाग्राहीबाट २८ हजार रुपैया घुस लिदालिदै अख्तियार कोहलपुरले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्