ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-भारत प्रहरीको सीमा क्षेत्रमा संयुक्त गस्ती


admin
बैशाख ११, २०७५ मंगलबार  ६ : १४ बजे

गौशाला, ११ वैशाख।  महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् ।

सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र विहार प्रहरीले सोमबारदेखि जिल्लाको सीमा क्षेत्रमा संयुक्त सीमा गस्ती थालेका हुन् । लागुऔषध ओसारपसार, मानव तस्करी, भन्सार छली, चोरी लगायतका अपराध नियन्त्रणका लागि संयुक्त गस्ती थालिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोतरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार भारतको मधवापुरस्थित भारतीय सीमा सुरक्षा बल, विहार प्रहरी र सशस्त्र प्रहरीका मटिहानी बिओपी, प्रहरी चौकी मटिहानीका १५÷१५ जना संयुक्त गस्तीमा सहभागी छन् । संयुक्त गस्ती दुवै देशका सुरक्षा निकायबीच सुरक्षा सहकार्य तथा सीमा अपराध नियन्त्रण गरी सीमा क्षेत्रमा शान्ति बहाली गर्न सफल हुने प्रहरी उपरीक्षक बस्नेतको विश्वास छ ।

संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा शान्ति र सुरक्षाको अनुभूति गराउनाका साथै तस्करी, भन्सार छलीलगायत कार्यको निगरानी गर्नेछ । संयुक्त गस्तीका लागि सोमबार सीमामै गरिएको दुवै देशको सुरक्षा निकायबीच छलफल भएको थियो । त्यसमा नेपालका तर्फबाट महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक सुरेश आले मगर, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक गोपाल यादव सहितका सुरक्षाकर्मी सम्मिलित हुनुहुन्थ्यो ।

त्यस्तै, भारतका तर्फबाट एसएसबीका निरीक्षक रामाकान्त पाठक र विहार पुलिस, मधवापुर थानाका प्रभारी राजकुमार यादव उपस्थिति हुनुहन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

अध्यादेश फिर्ता लिन बारको माग, भन्यो- संविधानवाद प्रतिकूल कार्य

सार्वजनिक जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न प्रशासनको उर्दी, वैशाख १८ गते डोजर चल्ने

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com