ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहसचिव राई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय किन पुगे ?


एबीसी न्यूज
बैशाख ११, २०७५ मंगलबार   ११ : ३६   बजे

काठमाडौ, ११ वैशाख ।  गृहसचिव प्रेमकुमार राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा गृहसचिव राईसमक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाही, जनशक्ति, साधनश्रोत, परिचालन, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा विस्तृतरुपमा जानकारी गराएका थिए ।

गृहसचिव राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन सम्बोधन गरे । सो अवसरमा उनले स्थापनाको उद्देश्य पुरा गर्ने दिशामा यस संगठन सफल ठहरिएको चर्चा गर्दै प्राप्त कार्यादेशलाई प्रभावकारी रुपले कार्यान्वन गर्दै आइरहेको भन्दै संगठनको प्रशंसा समेत गरे ।

अन्य सुरक्षा निकायको साथसाथै सशस्त्र प्रहरी बलको भूमिका पनि मुलुकको शान्ति सुरक्षा कार्यमा सधैं महत्वपूर्ण रहने उनले चर्चा गरे ।

गृहसचिव राईले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि, विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, मानव बेचबिखन नियन्त्रण लगायतका आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।

वृत्तिविकास, तालिम, सेवासुविधा, स्रोतसाधन र जनशक्ति अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्दै उनलेसंगठनका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने चर्चा गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सरकारले सुम्पेको हरेक जिम्मेवारीहरुलाई कुशलतापूर्वक पुरागर्दै सशस्त्र प्रहरी बल नेपाल जनमानसमा स्थापित हुन सफल भएको चर्चा उनले गरे ।

मुलुक र मुलुकवासीको सेवा र सुरक्षाको लागि संगठनको सम्पूर्ण जनशक्ति अहोरात्र खटिरहेको राइले बताए ।

उनले सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कार्यको साथसाथै विपद व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, औद्योेगिक क्षेत्र, सीमा तथा भन्सार नाका, विशिष्ट व्यक्ति एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा लगायत राज्य प्रदत्त जिम्मेवारी पुरागर्ने शिलशिलामा कार्यक्षेत्रमा उच्चस्तरबाट परिचालित भई सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै प्रभावकारी ढंगबाट कार्य गरिरहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकास एवं बलका अधिकृत जवानहरुलाई उत्प्रेरणा गर्ने खालको कल्याणकारी कार्ययोजना तर्जुमा गर्नेतर्फ संगठन लागिपरेको चर्चा गर्दै रार्इले सशस्त्र प्रहरी महानिरीक्षक खनालले सरुवा, बढुवा, तालिम लगायतका अवसरहरु न्यायोचित ढंगले प्रदान गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group