ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्भमा छोरीहुदाँ श्रीमतीको हत्या


एबीसी न्यूज

 

काठमाडौं,११ वैशाख । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्।

अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो। सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए।

विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको छ।

जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानी बोल्नै नसक्ने अवस्थामा थिए। ज्ञानीले रुदैं भनिन्, ‘पेटमा बच्चा आएदेखि छोरीको दशा लागेको थियो।’ अन्जली गर्भवती भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए। गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपीट गर्ने र गाली गलौज गर्दै आएका थिए।

एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरेका थिए। दिदीको आँखा सुन्निएको थियो, मुखमा डाँम थियो उनी एक महिनादेखि माइतीमै बस्दै आएको भाइ प्रविण दासले बताए। वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै जिद्दी गरे।

‘छोरीको घर जाने मन थिएन्, जबरजस्ती लग्यो,’ आमा ज्ञानीले भनिन्। ७ गते बिहानै अञ्जली श्रीमानसँग मोटरसाइकलमा बसेर घर गइन् । सोही साँझ उनको हत्या भयो। आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गरायो, मृतकका फूपू रामअधिन दासले बताए। हामीलाई ज्वाइले वा अञ्जलीका ससुराले उनको मृत्युको विषयमा कुनै जानकारी गराएन्। अन्नपूर्ण पोष्ट  बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com