महोत्तरी, १० वैशाख । अख्तियारले राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धकलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । बर्दिबास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिश काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ गरेको हो।
कर्जा स्वीकृत गर्नका लागि उनले घुस मागेका थिए। घुस लिदै गर्दा उनलाई आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो।



















प्रतिक्रिया दिनुहोस्