ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी


एबीसी न्यूज

 

नुवाकोट, १० वैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् ।

टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो ।

उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत र २५ लाख विजेताको छनोट भएको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेका थिए । त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दाबी गर्न दबाब दिँदै त्यसका लागि राजश्वबापत शुरुमा रु ४० हजार मागेको थियो ।

ठगले रु २५ लाखको चिट्ठासहित थप रु पाँच लाख बोनस रकमसमेत पाएको भन्दै नक्कली चेक बनाएर इमोमार्फत फोटो पठाउँदै अतिरिक्त रकम आइएमई गरी पठाउन भनेअनुसार तामाङ र उहाँको भाइ महेन्द्रबहादुरले रु दुई लाख ९० हजार पठाएपछि मात्र आफू ठगिएको महसुस गरेका छन् ।

उनीहरुले यही वैशाख ५ गते दुई पटक रु ४० हजार, रु ७५ हजार र ६ गते रु एक लाख रु ७५ हजार इमोमार्फत फोन गरी आफ्नो नाम विजयकुमार र नेपाल टेलिकमको ‘उच्च अधिकृत’ भन्ने व्यक्तिले भनेअनुसार आइएमई गरेका हुन् । त्यो रकम काठमाडौँ ठेगाना भएका प्रकाश थिङ, प्रेमकुमार गिरी र तेजेन्द्र खड्काको नाममा पठाएको लोकबहादुरले बताउनुभयो ।

“ २५ लाख पाउने लोभमा विभिन्न बहाना बनाएर रकम मागेपछि होला भनेर दियौँ ।” लोकबहादुरले भन्नुभयो, “हिन्दी भाषामा इमोमार्फत कुरा गर्ने मान्छेको नाम नेपाल टेलिकम नाम रहेको, त्यहाँ टेलिकमको लोगो प्रयोग गरिएको, चेक तयार भएको भन्दै फोटोसमेत पठाएकाले विश्वास गरेका थियौँ, अहिले बर्बाद भयौँ ।”

‘इमो’बाट फोन गरी रकम ठग्नेविरुद्ध पीडित युवाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि रकम काठमाडौँमा पठाएको र अन्तर्राष्ट्रिय गिरोहमार्फत भएको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत न्यायको अपिल गर्न सुझाव दिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमोलगायतका माध्यममार्फत ठगहरुले विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने स्वदेशी एवं विदेशी गिरोह सक्रिय भएकाले त्यसतर्फ सचेत हुन मोबाइल फोन प्रयोगकर्तालाई प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com