काठमाडौँ, १७ जेठ । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ।फाइनलमा इङ्लिस क्लबआर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गरी १ सय २० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।खेलको सुरुआतमै काई हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।तर दोस्रो हाफमा ओस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई खेलमा फर्काए ।
त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।आर्सनलका एबेरेची एजे र गाब्रिएलले पेनाल्टी अवसर खेर फालेपछि पीएसजी विजयी बन्यो ।गाब्रिएलको प्रहार बारमाथिबाट बाहिरिएको थियो ।यस जितसँगै पीएसजीले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दै आफ्नो प्रभुत्व कायम राखेको छ ।








प्रतिक्रिया दिनुहोस्