बैशाख १०, चितवन । आइतबार एक महिलालाई तेजाव खन्याउने प्रहरी नायब निरीक्षक विरुद्द ज्यान मुद्दा दर्ता गरिएको छ । अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेका थिए ।
कल्पना श्रेष्ठका श्रीमान ३० वर्षीय किसान श्रेष्ठले खनिया विरुद्ध ज्यान मार्ने आशयले तेजाब छर्किएको जायर गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका हुन् । तेजाव आक्रमणबाट घाइते भएकी श्रेष्ठको शरीरको कान, आँखा, छाती र खुट्टामा तेजाब परेको छ । श्रेष्ठले यसअघि पनि विगत लामो समयदेखि खनियाले पछ्याउने, टेलिफोन गर्ने गरेपछि प्रहरीमा जायरी समेत दिएको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्