ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ सञ्चार मन्त्रालयको १०० दिने कार्ययोजना


admin
बैशाख ९, २०७५ आईतबार  ६ : २९ बजे

काठमाडौँ, ९ वैशाख।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलगायत १०० दिने कार्ययोजना सार्वजनिक गरेको हो ।

मन्त्रालयले १०० दिनभित्रमा दूरसञ्चार क्षेत्रको फ्रिक्वेन्सी वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन फ्रिक्वेन्सी नियमावली मस्यौदा तयार गर्ने भएको छ ।

त्यसैगरी हुलाक बचत बैंकलाई स्थानीय तहसम्म विस्तार गरी साना वचतकर्ताका लागि बैंकिङ पहुँच पु¥याउनका लागि हुलाक बैंकको रुपमा विकास गर्न अध्ययन सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।

सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले १०० दिने कार्य सार्वजनिक गर्दै हुलाकबाट पठाएको वस्तुको ग्राहक स्वयमले समेत अनुगमन गर्नसक्ने पोस्टल ट्रेकिङ इन्टरनल सिस्टम प्रणालीलाई ७० जिल्लामा विस्तार गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

“अनलाइनबाट हुने कारोबारलाई सरल, सुरक्षित र भरपर्दो बनाउन रािष्ट्रय विद्युतीय भुक्तानी प्रणाली सूचना प्रविधिको पूर्वाधार निर्माण हुनेछ”–मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चलचित्रबाट प्राप्त हुने आयलाई पारदर्शी बनाउन नेपालभरका सम्पूर्ण चलचित्र घरमा बक्स अफिस प्रणाली लागू गर्ने र विज्ञापन क्षेत्रलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन आवश्यक विज्ञापनसम्बन्धी कानूनको मस्यौदा तयार गर्ने मन्त्रालयले जनाएको छ ।

विद्युतीय कारोबार, साइबर सुरक्षा जस्ता विषय समावेश गरी प्रविधिसम्बन्धी कानूनको मस्यौदालाई सरोकारवालासँग छलफल गरी १०० दिनभित्रमा अन्तिम रुम दिइने सचिव गुरुङले जानकारी दिनुभयो ।

सरकारी एकीकृत डाटा केन्द्रको ‘व्याकअप’ केन्द्रको रुपमा मकवानपुर (हेटौँडा)मा निर्माण गरिएको ‘डिजास्टर रिकभरी सेन्टर’ सञ्चालनमा ल्याउने र सरकारी कामकाजलाई विद्युतीय माध्यमको प्रयोग गरी पठाइने कागजलाई कानूनी मान्यता दिनका लागि सरकारी निकायमा विद्युतीय पत्राचारसम्बन्धी निर्देशिका तयार गरिने छ ।

सरकारी इमेल प्रणालीलाई भरपर्दो र सुरक्षित बनाउन तीन महिनाभित्र सबै केन्द्रीय निकायमा त्यसको प्रयोग गर्ने र छ महिनाभित्र सबै निर्वाचित पदाधिकारी र अधिकृतस्तरका कर्मचारीलाई समेतलाई सरकारी इमेल उपलब्ध गराइने छ ।

सचिव गुरुङले भन्नुभयो, “सबै स्थानीय तहको सेवाग्राहीलाई ‘मोबाइल एप्स’ बनाउन ‘कस्टोमिजेवल टेम्पलेट’को निर्माण गरी उपलब्ध गराइने छ, मन्त्रालय र अन्तर्गतका विभाग कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी नयाँ संगठन संरचना गरी लागू गरिनेछ ।”

सय दिनभित्र एनलग प्रणालीमा भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी देशभरबाट एनलग प्रणाली बन्द गरिने छ । हाल मन्त्रालयबाट भइरहेको प्रसारण संस्थालाई इजाजत दिने तथा रेडियो उपकरणको लाइसेन्स दिने कार्य मन्त्रालय मातहतका विभाग र प्रदेश सरकारका मन्त्रालयबाट गर्ने गरी व्यवस्थासमेत मन्त्रालयले मिलाउने छ ।

भूकम्प प्रभावित जिल्ला रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ७४७ सेवा केन्द्र स्थापना गरी ब्रोडव्याण्ड नेटवर्क तथा दुई वर्षका लागि निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने कार्य सम्पन्न गरिने सचिव गुरूङले जानकारी दिनुभयो ।

सोही अवसरमा राज्यमन्त्री बाँस्कोटाले कुनै आग्रह पूर्वाग्रह नराखी कार्ययोजना अनुसार परिणाम आउने गरी काम गर्न मन्त्रालका कर्मचारी तथा मातहत निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com