ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाण संकलन गर्न सिरिया पुगे रासायनिक हतियारको विज्ञ टोली


एबीसी न्यूज

सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले अन्ततः निरिक्षण गरेका छन् ।

अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिरियाको डूमा पुगेर त्यहाँबाट नमूना र अन्य प्रमाण संकलन गरेका छन् । डूमा अहिले सिरिया र रुसको नियन्त्रणमा छ । दुबै पक्षले त्यस्तो कुनै पनि रासायनिक हमला भएको अस्विकार गर्दै आएका छन् ।

सिरियाली सरकारी पक्षले गत अप्रिल ७ मा रासायनिक हमला गरेको भनिएको जवाफस्वरुप गत शनिबार अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियाविरुद्ध क्षेप्यास्त्र हमला गरेका थिए ।

ओपीसीडब्ल्यूले प्रेस विज्ञप्ति जारी गर्दै डूमा नगरको निरिक्षण गरेको र संकलित नमूनालाई थप अनुसन्धानका लागि द हेगको रिजस्विकमा रहेको आफ्नो प्रयोगशालामा पठाइएको जानकारी दिएको छ ।

ओपीसीडब्ल्यूले अन्य सूचना तथा सामग्रीसमेत संकलन गरेको जानकारी दिएको छ ।

सो संगठनको ९ सदस्यीय टोलीले डूमा नगरभित्र पहुँच पाउने अनुमती प्राप्त गर्नका लागि एक हप्तादेखि राजधानी दमास्कसमा प्रतिक्षा गरिरहेको थियो ।

अनुगमनकर्ताको सो टोलीले बुधबार नै डूमा नगरमा प्रवेश पाउने भनिएको थियो । तर स्थलगत अनुसन्धानका लागि संयुक्त राष्ट्रको एक टोलीमाथि मंगलबार हमला भएपछि उनीहरुको भ्रमण धकेलिएको थियो ।  बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

अमेरिका र चीनबीच व्यापार सम्झौता

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

भारत र पाकिस्तानबीच आज वार्ता

अमेरिकाले चीनसँग व्यापार सम्झौताको गर्‍यो घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com