बझाङ , ८ चैत । बझाङको कालंगा हाईड्रो प्रालीमा पर्ने सानीगाड लघुजल विद्युत आयोजनामा काम गर्ने एक मजदुरको भिरबाट लडेर मृत्यु भएको छ।
शुक्रबार आयोजनाको काम गर्ने क्रममा कृष्णपुर नगरपालीका ३ कञ्चनपुरका ५५ बर्षिया विर बहादुर खाती को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङका निमित्त प्रमुख माधव विश्वकर्माले बताए।
उनको शव जिल्ला अस्पतालमा पोष्र्टमाटम पछी कानुनी प्रकृया पुरा गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्