ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?


एबीसी न्यूज
चैत्र २, २०८२ सोमबार   ७ : १२   बजे

काठमाडौं, २ चैत । आइतबार (चैत १) साँझ नेपालका विभिन्न स्थानहरूबाट आकाशमा अचानक देखिएको उज्यालो र घुमाउरो आकृतिको दृश्यले धेरै मानिसलाई केही समयका लागि चकित बनायो। सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो व्यापक रूपमा फैलिन थालेपछि धेरैले यसलाई रहस्यमय खगोलीय घटना, उल्का वर्षा वा कुनै अज्ञात वस्तु हुन सक्ने अनुमान गरेका थिए।

तर खगोलविद्हरूले भने उक्त दृश्यको वास्तविक कारण स्पष्ट पारेका छन्। नेपाल एष्ट्रोनोमिकल सोसाइटी ले यो घटना सम्भवतः चीनबाट प्रक्षेपण गरिएको रकेटसँग सम्बन्धित भएको जनाएको छ।

नासोका अनुसार, उक्त रकेट पृथ्वीको सतहबाट करिब २०० देखि ४०० किलोमिटर उचाइमा पुगेपछि त्यसबाट निस्किएको ग्यास र धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर आकाशमा स्पष्ट रूपमा देखिएको हो।

नासोले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै लेखेको छ,
“आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट होइन। सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना हो।”

खगोलविद्हरूका अनुसार रकेट अत्यन्त उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास अत्यधिक फैलिन्छ। यही कारणले त्यो प्रकाशयुक्त धुवाँ पृथ्वीका हजारौँ किलोमिटर टाढाबाट पनि देखिन सक्छ।

यसैले नेपालका विभिन्न क्षेत्रसँगै भुटान र भारत को पूर्वोत्तर क्षेत्र, विशेषगरी असम लगायतका स्थानहरूबाट पनि एकै समयमा सो दृश्य देखिएको हुन सक्ने नासोले जनाएको छ।

नासोले थप स्पष्ट पारेको छ कि यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन। रकेट वास्तवमा धेरै टाढा, सम्भवतः चीन वा तिब्बतको आकाश क्षेत्रमा रहेको हुन्छ। तर अत्यन्त उचाइका कारण त्यसको धुवाँमा परेको सूर्यको प्रकाश नेपालबाट पनि सजिलै देखिन्छ।

वैज्ञानिक भाषामा यस प्रकारको दृश्यलाई Twilight Rocket Plume भनिन्छ। उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ यस्तो दृश्य देखिनु सामान्य खगोलीय घटना भएको खगोलविद्हरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार साँझ वा बिहानको समयमा सूर्य क्षितिजमुनि रहँदा पनि उच्च आकाशमा पुगेको रकेटको धुवाँमा सूर्यको प्रकाश परेपछि यस्तो चम्किलो आकृति देखिने गर्छ। यही कारणले पृथ्वीमा अँध्यारो भइसकेपछि पनि आकाशमा उज्यालो धुवाँजस्तो दृश्य देखिन सक्छ।

हाल सामाजिक सञ्जालमा फैलिएको उक्त दृश्यबारे कुनै खतरा वा असामान्य गतिविधि नभएको स्पष्ट भइसकेको छ। खगोलविद्हरूले भने यस्ता घटनाले अन्तरिक्ष विज्ञानप्रति आम नागरिकको चासो बढाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group