ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ


एबीसी न्यूज
चैत्र २, २०८२ सोमबार  ९ : २३ बजे

चितवन, २ चैत । चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमूना टोलकी १८ वर्षकी एनी तामाङ नाम भएकी एक युवती र सोही ठाँउका २५ वर्षका विजय सुनार रहेका छन् ।

उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको डीएसपी खनालले जानकारी दिए ।

कालिका पदमपुर बस्ने युवतीले फेसबुकबाट चिनजान भएका पुरुषलाई फोनमा कुराकानी गरेर गत फागुन २९ गते जुटपानी मिठुचोकबाट गुम्बा जाने भित्री सडकमा बोलाएर कुटपिट गर्नुका साथैं उनको साथमा रहेको बा.प्र.००४ प ५८८९ नम्बरको स्कुटर लुटेर युवकसहित भागेकी थिइन् ।

पीडित बनेका पुरुषले स्कुटर फिर्ता माग गर्दा रकम माग्ने र रकम नदिए जर्वजस्ती करणीको कसुरमा मुद्दा हालेर फसाइदिने धाकधम्की दिने गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पको आदेश, विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com