धनुषा, ४ वैशाख । मंगलबार साँझ आएको हावाहुरीले रुख ढल्दा महोत्तरीमा किचिएर एक जनाको ज्यान गएको छ ।
महोत्तरीको भंगहा नगरपालिका–५, खेरिया सितापुर स्थित सडक छेउमा रहेको वरको रुख हावाहुरीले जरैसहित उखेलेर ढालेपछि एक अपरिचित बटुवाको किचिएर ज्यान गएको हो ।
वरको रुख धेरै पुरानो र ठूलो भएकोले मृतकको शव अझै बाहिर निकाल्न सकिएको छैन । ग्रेडरले रुख हटाएर मृतकको शव निकाल्ने प्रयास भइरहेको र अरु पनि किचिएर ज्यान गएको हुनसक्ने भंगहा नगरपालिकाका मेयर संजिव साहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्