ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी–जनजातिको पहिचान हुनुपर्ने माग


एबीसी न्यूज

 

राजविराज, ४ वैशाख ।  नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले सात बुँदे विभिन्न माग राखी सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिवासी जनजातिसँग आबद्ध जातीय संगठन, सम्बन्धित संगठन र स्थानीय तहका गरी २२ वटा संगठनका अध्यक्षको संयुक्त हस्ताक्षर रहेको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयलाई बुझाइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेयमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदको कार्यालयलाई आदिवासी जनजातिको पहिचानसँग जोडिएको बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्बन्धित ठाउँमा तत्कालै पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष तामाङले आदिवासी जनजातिसहितका उत्पीडनमा परेका समुदायको पहिचानसँग जोडिएका सार्वजनिक बिदा फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

यता आदिवासी जनजातिद्वारा घोषित शान्तिपूर्ण पहिलो चरणको आन्दोलनलाई बेवास्ता गरिएमा अझै सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

महासंघद्वारा बुझाएको ज्ञापनपत्रमा राष्ट्रियस्वरुप ग्रहण गरेका विभिन्न समुदायको पहिचान जनित सार्वजनिक बिदा खारेजीको निर्णय फिर्ता लिनुपर्ने, सरकार र आदिवासी जनजातिबीच भएको सम्झौताको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, समानुपातिक समावेशी सिद्धान्तको मर्म र भावनालाई सही ढंगले कार्यान्वयन गर्नुपर्ने, संविधानको भावनाअनुरुप विशेष, संरक्षित र स्वायत्त क्षेत्र तुरुन्त गठन गनुपर्ने, पहिचानजनित अन्दोलनका राजबन्दीलाई क्षतिपूर्तिसहित रिहाई गनुपर्ने, गाईको मासु खाएको आरोपमा जेल जीवन बिताइरहेकालाई क्षतिपूर्तिसहित अविलम्ब रिहाइ गनुपर्नेलगायतका माग गरिएको छ ।

मुलुकका ३५.२ प्रतिशत जनताले मनाउँदै आएका सांस्कृतिक पर्व तमु, सोनाम र ग्याल्बो ल्होसार, उधौली तथा माघेसंक्रान्ति पर्वको सार्वजनिक बिदा खारेजी गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता, प्रदेशको नामांकन गर्दा पहिचान र स्थानीय भाषालाई मान्यता दिनुपर्ने उनीहरुले माग राखेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नाम-ठेगानासहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com