ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु


एबीसी न्यूज
बैशाख ३, २०७५ सोमबार   ३ : ३४   बजे

 

 

चितवन, ३ वैशाख ।  चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार १०० सवारी साधन कारवाही गरेको छ ।

मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै ५९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले रु दुई करोड २४ लाख ५१ हजार राजश्व संकलन गरेको छ ।

गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार २५० सवारी र मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै एक हजार १८६ जनालाई कारवाही गर्दै रु दुई करोड ४५ लाख ६८ हजार ५०० राजश्व संकलन गरेको थियो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई पनि निरन्तर अघि बढाइ रहेको छ ।

चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाको समन्वयमा ३१ भन्दा बढी कार्यक्रम गरेको जनाएको छ । यी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रमुख पन्तले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group