सर्लाही , २ बैशाख । सर्लाहीको एक पानी उत्पादन गर्ने उधोगले उपभोक्तालाई अशुद्ध पानी बिक्रि बितरण गरेको रहस्य खुलेको छ ।

जिल्लाको गोडैता नगरपालिका ८ मा नवल ठाकुरले संचालन गरेको विक्रम डिस्टीलरी मिनरल पिउने पानी फ्याक्ट्रीले पानी शुद्धिकरण विना नै प्याकिङ्ग गरी विक्रि वितरण गर्ने गरेको पाईएको हो ।
गोडैताको एक विद्यालयले आयोजना गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुन पुगेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र जिल्लाका अन्य विशिष्ट व्यक्तिहरुलाई पिउनको लागी दिइएको मिनिरल वाटरमा माछा गन्ध आएपछि पानी उत्पादक कम्पनीको विषयमा चर्चा परिचर्चा छाएको थियो ।

त्यसपछि प्रमुख जिल्ला अधिकारी सुरक्षाकर्मी संचारकर्मी सहितको टोलीले फ्याक्ट्रीको अनुगमन गर्दा सो मिनरल वाटर कम्पनीले मापदण्ड विपरीच उधोग संचालन गरि असुद्द पिउने पानी बोतलमा शिल लगायर बजारमा बिक्रि बितरण गरेको पाईएको छ ।
यसरी आम नागरिक को स्वास्थ्य मा प्रत्येक्ष असर पुग्ने गरि उधोग सन्चाल गरेको चलाउने माप दण्ड समेत नपुगेको पाईएपछि अनुगमन का क्रम मा पुगेको कट्वाल को टोलि ले उधोग मा शिलबन्दी गरेको टोलिमा सहभागी एक सदस्यले बताए ।
‘सिधैं घर भित्रबाट पोखरीको पानी भरेर वेच्ने गरिएको रहेछ, त्यस्तो पानी खानाले नागरीकको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ भनेर हामीले फ्याक्ट्रीमा शिलबन्दी गरेका छौं।’ प्रजिअ कटुवालले भने,‘हामी अझ अनुसन्धान गर्दै छौं, जिल्लामा त्यस्ता फ्याक्ट्री चल्न दिँदैनौ र त्यस्ता फ्याक्ट्री संचालन गर्ने जो कोहीलाई कार्वाही हुन्छ ।’



















प्रतिक्रिया दिनुहोस्