ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को स्थितीपत्र : २५ प्रतिशत बढी जनता गरिब, ७० प्रतिशत बढी मापदण्ड बिपरितका नगरपालिका


sharan sharan

बुटवल, २९ चैत्र । संघिय सरकारले समग्र मुलुकको स्थिती पत्र सार्वजानीक गरे लगत्तै प्रदेश ५ सरकारले पनि प्रदेश नम्बर ५ को स्थितीपत्र सार्बजनिक गरेको छ । सरकारले प्रदेश ५ भित्र रहेका १२ वटा जिल्लाको आर्थिक तथा सामाजिक अबस्था सार्बजनिक गरेको हो ।
आज बसेको ५ नम्बर प्रदेश सभा बैठकमा प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि बढ्न सबैमा आग्रह गर्नृुभयो ।
१२ जिल्ला रहेको ५ नम्बर प्रदेशमा ४४ लाख ५८ हजार जनसंख्या रहेको छ । विभिन्न कोणबाट अध्ययन गर्दा प्रदेश धेरैजसोमा तेस्रो तथा चौथो अवस्थामा रहेको स्थितीपत्रका उल्लेख गरिएको छ । प्रदेश ५ मा ११ हजार किलोमिटर सडक रहेको भन्दै स्थितीपत्रमा रुपन्देहीका ३५ प्रतिशत ग्रामीण सडक पक्की रहेको लेखिएको छ । नवलपरासीमा जम्मा ११ प्रतिशत मात्र ग्रामीण सडक पक्की रहेको पनि स्थितिपत्रमा उल्लेख छ । सडकसहित अन्य विकास निर्माणमा पश्चिमका जिल्लाहरू पछाडि परेको तथ्यांक रहेको छ । स्थितीपत्रका अनुसार प्रदेशमा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन । प्रदेश ५ का ७० प्रतिशत बढी नगरपालिकाहरुको नगरपालिकाका लागि आवश्यक मापदण्ड पगेको छैन ।
स्थिी पत्र सार्वजानीक भए लगत्तै एबिसीसंग प्रतिक्रिया दिंदै नेपाली कांग्रेसका प्रदेश सभासद निर्मला क्षेत्रीले स्थितीपत्रले प्रदेशका सबैभागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।
सत्तारुढ माओबादी केन्द्रका सभासद तिलकराम शर्माले स्थितीपत्रले पक्षपात गरेको भन्दै प्रदेशको समग्र अवस्थालाई स्थितीपत्रले सम्बोधन नगरेको बताउनुभयो ।
५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश भएसंगै प्रदेश सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com