ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल जग्गा अतिक्रमणमा


admin

नुवाकोट, २९ चैत ।  यहाँको विभिन्न सामुदायिक वनको १२७ हेक्टर क्षेत्रफल जग्गा अतिक्रमणमा परेको छ ।

जिल्ला वन कार्यालयको तथ्यांकअनुसार भूकम्पपछि वन अतिक्रमण बढेको हो । जिल्लाको विभिन्न सामुदायिक वनको ६२ स्थानमा ५३४ घरधुरीले १२७ हेक्टर वनक्षेत्र अतिक्रमण गरेका जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो ।

“सामुदायिक वन अतिक्रमण गरी आवास तथा टहर निर्माण, विद्यालय स्थापना, खेल मैदान, मन्दिर, सञ्चार सेवा प्रदायक संस्थाको टावर राखिएका छन्,”उहाँले भन्नुभयो, “हटाउन प्रयास भइरहे पनि अपेक्षा अनुसारको सफलता पाउन सकिएको छैन ।”

वन अतिक्रमण गरी बसेकालाई हटाउन जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बारम्बार ताकेता गरेपनी अवस्था उस्तै रहेको सहायक वन अधिकृत राजकुमार यादवले बताउनुभयो ।

“वन अतिक्रमण गरी बसेको सूचनाको उजुरी अख्तियारसम्म पुगेपछि हटाउन प्रशासनलाई दिएको आदेशको समेत पालना भएको छैन,” उहाँले भन्नुभयो, “एउटा ठाउँको अतिक्रमण हटाउन नसक्दा त्यसको प्रभावले अर्को ठाउँमा अतिक्रमण बढ्दै गएको छ ।”
उहाँका अनुसार वनक्षेत्र अतिक्रमण गरी आवास बनाउनेमा सरकारी कर्मचारी समेतको संलग्नता रहेको छ । वन अतिक्रमण भएको स्थानमा सरकारी लगानीमा सडक सुविधा र नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा उपलबध गराएको छ ।

आर्थिक वर्ष २०६९÷७० मा ‘वन अतिक्रमण नियन्त्रण कार्ययोजना’ बनाएर वनक्षेत्र सुरक्षित बनाउने प्रयास अभियानको रुपमा शुरु भए पनि भूकम्पका कारण प्रभावकारी नहुँदा अतिक्रमण बढ्दै गएको छ । सामुदायिक वन क्षेत्रबाट सडक विस्तार गर्ने र त्यहाँ रुख ढालेर आम्दानी लिने गरेको पाइएकाले त्यसलाई रोक्न विभिन्न सामुदायिक वनलाई ताकेता गर्दै आएको वन कार्यालयले जनाएको छ ।

वन क्षेत्र अतिक्रमण गर्नेलाई ‘वन ऐन” अनुसार हट्न पत्राचार गर्ने र नहटेमा बल प्रयोग गरी हटाउनसक्ने कानूनी प्रावधान भए पनि त्यसतर्फ वन कार्यालयको भूमिका कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com