काठमाडै, जेठ २४ गते । नापी विभागका पूर्व प्रमुख पुन्य प्रसाद ओलीले नेपालले भारतको सीमा मिचेको कुनै प्रमाणको जानकारी नभएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । विशेष गरी नेपालको सीमा सम्बन्धी विवाद, भूमि प्रशासन र नापी सम्बन्धी प्राविधिक विषयहरूमा काम गर्दा नेपालले भारतको भुमि मिचेको नभेटिएको उनको भनाई छ । कार्यक्रममा उनले भने भारत र नेपालको सिमाका विषयमा वर्षौदेखि विवाद छ । आफु नापी विभागको प्रमुख हुदा ती सिमाना नापजाँच गर्न जादा नेपालले भारतको सीमा कहि कतै मिचेको नभेटेको उनले बताए । लिपुलेक , दशगजा , सुस्ता जस्ता विषयमा ऐतिहासिक तथ्य र नक्साको आधारमा भारतसंग नेपाल सरकारले विवाद समाधान गनुपर्ने उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्