काठमाडौ, जेठ १३ गते । प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा सहभागी भएका छन्। प्रतियोगिता आज दिउँसो १ बजे दशरथ रंगशाला मा सञ्चालन भएको थियो। कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रदेशस्तरीय खेल गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा प्रदेश सरकारले जोड दिएको बताए। उनले सात वटै प्रदेश लाई खेल मार्फत जोड्ने गरी प्रदेशले तयारी थालेको समेत जानकारी दिए। मुख्यमन्त्री बानियाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश सरकारले खेल पूर्वाधार विकास र खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । उनले भने “राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ, । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी आगामी राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिने बताइएको छ।



















प्रतिक्रिया दिनुहोस्