ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री


एबीसी न्यूज

 

कोपेनहेगेन, डेनमार्क, २६ चैत।  सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री टरिजा मेले कोपनहेगनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो “यो अर्को उदाहरण हुन सक्छ कि असद प्रशासनले आफ्नै जनताविरुद्ध कुन हदको क्रुरता र निर्लज्जता प्रस्तुत गरेको छ । अन्तर्राट्रिय कानूनले युद्धमा रसायनिक हतियारको प्रयोगमा पूर्णतया बन्देज लगाएको छ ।”

“रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा र उनीहरू दोषी पाइएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई कानूनी दायरामा ल्याइने छ ।” उहाँले आफ्नो मुलुक युद्धमा हुने रसायनिक हतियारको प्रयोगको कडा शब्दमा निन्दा गर्छ । के भएको हो छिट्टै पत्ता लगाउनुपर्छ ।

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन् । मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ ।

तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन् ।

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका थिए ।

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ ।सिरियाली असद प्रशासनले रासायनिक हमलाको आरोपलाई ‘बनावटी समाचार’ भनेको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई ‘तनावग्रस्त खबरहरू’ भन्दै तत्कालै अमेरिकी विदेश मन्त्रालयले आफूले त्यसको अनुगमन गरिरहेको जनाएको थियो ।
––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com