ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !


एबीसी न्यूज
चैत्र १६, २०८२ सोमबार  ९ : १७ बजे

काठमाडौं, — नवगठित सरकारले बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को गृह जिल्ला महोत्तरीमा ठूलो असन्तुष्टि र खैलाबैला मच्चिएको छ ।

सरकारले बर्दिवाससँगै बुटवल र सुर्खेतमा प्रस्तावित मेडिकल पूर्वाधार निर्माण विकास आयोजनाहरू समेत खारेज गरेको छ । बर्दिवासमा एक हजार बेड क्षमताको सरकारी मेडिकल कलेज स्थापना गर्ने योजना दशकौंदेखि चर्चामा थियो ।

योजना कसरी अघि बढेको थियो ?

  • सन् २०१६ (२०७३) मा गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा एक–एक हजार बेड क्षमताको सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो ।
  • गिरिराजमणि पोखरेलले २०६४ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ बाट सांसद बनेपछि बर्दिवासमा मेडिकल कलेज स्थापनाको पहल अघि बढाएका थिए ।
  • त्यसपछि पनि शिक्षा तथा स्वास्थ्य मन्त्री हुँदा पोखरेलले यो योजनालाई निरन्तरता दिएका थिए ।
  • जग्गा प्राप्ति र अन्य पूर्वाधारसम्बन्धी कामहरू पनि अघि बढिसकेको अवस्था थियो ।

तर हालै गठन भएको सरकारले उक्त तीनवटै आयोजना खारेज गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेनको गृह जिल्ला प्रभावित

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली घर महोत्तरीको एकडारा हो । हाल महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा महोत्तरी १ बाट रास्वपाका प्रमोदकुमार महतो सांसद निर्वाचित भएका थिए ।

यो निर्णयपछि महोत्तरीवासीमा ठूलो असन्तुष्टि देखिएको छ । स्थानीय बासिन्दाहरूले बर्दिवास मेडिकल कलेज खारेज हुनु आफ्नो क्षेत्रको लागि ठूलो क्षति भएको बताएका छन् ।

स्थानीयको प्रतिक्रिया

बर्दिवासका युवा व्यवसायी रोशन गौतमले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “प्रमोद महतो माननीय (घन्टी) ज्यू, बर्दिवास मेडिकल कलेज खारेज गर्ने भएछ यो सरकारले! तपाईंको भूमिका के रहन्छ अब? रास्वपाका कार्यकर्ता र नेताहरू जनतालाई कसरी कन्भिन्स गर्नुहुन्छ ? अब पनि चुपचाप हो कि ?”

यो घटनाले प्रधानमन्त्री बालेनको गृह जिल्लामा रास्वपा सरकारप्रति असन्तुष्टि बढाएको छ । स्थानीयहरूले निर्वाचित सांसद प्रमोदकुमार महतोको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।

बर्दिवास मेडिकल कलेज खारेज भएपछि महोत्तरीवासीले स्वास्थ्य सेवाको लागि सुविधा गुमाएको र क्षेत्रीय विकासमा ठूलो धक्का लागेको गुनासो गरेका छन् ।

सरकारले यो निर्णय किन गरेको हो भन्ने स्पष्ट कारण अझै सार्वजनिक भएको छैन । तर स्थानीय स्तरमा यो निर्णयलाई “राजनीतिक प्रतिशोध” को रूपमा पनि हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com