दैलेख, २४ चैत । बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुट्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम नारायण नगरपालिका–३, कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बोगटीले बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै शुक्रबार साँझ जैसीलाई आफ्नै घरमा बोलाएर पेट र पाखुरामा टोकेर घाउ बनाएको भन्दै पीडित जैसीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
बोक्सीको आरोपमा जैसीलाई कुटपिट गरेको उजुरीका आधारमा बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्