ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा–कांग्रेस दुवैमा असन्तुष्टि, दाङ र सिन्धुलीमा नेकपाका बागी


एबीसी न्यूज

काठमाडौं–१० मा अन्तिम घडीको यू–टर्न, सुनसरी–३ मा भाइ ‘ब्याक’, विजय मैदानमा

काठमाडौं, ६ माघ : प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम दिन नजिकिँदै जाँदा ठूला दलहरूभित्र टिकट फेरबदल, पारिवारिक सम्झौता र खुला विद्रोहका घटनाहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। नेकपा र नेपाली कांग्रेस दुवैमा उम्मेदवार छनोटले पार्टीभित्रको शक्ति सन्तुलन र आन्तरिक तनावलाई उजागर गरेको छ।

काठमाडौं–१० मा अन्तिम घडीको यू–टर्न

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१० मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको छ। यसअघि नेकपाका नेता तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) का सचिव हितमान शाक्यलाई उम्मेदवार बनाउने निर्णय भए पनि अन्ततः पार्टीले रूपा महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

निर्णयअनुसार महर्जनले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। पार्टीले उम्मेदवार फेरिए पनि निर्णय सहमतिमै भएको दाबी गरेको छ। हितमान शाक्यले भने स्थानीय राजनीतिक भावनालाई सम्मान गर्दै स्वेच्छाले उम्मेदवारीबाट पछि हटेको बताएका छन्।

रूपा महर्जन तत्कालीन नेकपा (माओवादी केन्द्र) की बागमती प्रदेश समिति उपाध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहिसकेकी नेतृ हुन्। पार्टीभित्र अनुभवी तर स्थानीय आधार बलियो उम्मेदवारलाई अघि सारिएको सन्देश दिन खोजिएको नेताहरूको भनाइ छ।

सुनसरी–३ मा भाइ ‘ब्याक’, विजय मैदानमा

सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले उम्मेदवारी दर्ता गराएका छन्। गच्छदारसँगै उनका भाइ पर्ने वेद गच्छदार पनि टिकटको दौडमा देखिएपछि केही समय अन्योलको अवस्था बनेको थियो।

वेद गच्छदार हाल दुहवी नगरपालिकाका मेयर हुन्। पार्टी स्रोतका अनुसार विजय गच्छदारले ‘तँ मेयर पनि छस्, उमेर पनि छ, यो पटकलाई छाड्देऊ’ भन्दै आग्रह गरेपछि वेद उम्मेदवारीबाट पछि हटेका हुन्। त्यसपछि विजयले आधिकारिक रूपमा मनोनयन दर्ता गराएका छन्।

आठौँ पटक चुनावी मैदानमा उत्रिएका गच्छदार यसअघि पटक–पटक मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्। कांग्रेसको नयाँ नेतृत्वबाट टिकट पाएपछि उनी पुनः संसदीय राजनीतिमा फर्किएका छन्।

दाङ–१ मा खुला बागी : मेटमणिको बाटो कठिन

लुम्बिनी प्रदेशको दाङ–१ मा नेकपाभित्र असन्तुष्टि खुला विद्रोहमा परिणत भएको छ। पार्टीले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

केसीको उम्मेदवारीसँगै दाङ–१ मा नेकपाको बागी उम्मेदवारी परेको छ। आफ्नै पार्टीबाट प्रभावशाली नेता विद्रोही बनेपछि मेटमणिको चुनावी यात्रामा गम्भीर चुनौती थपिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

सिन्धुली–२ मा जिल्ला बनाम केन्द्र

सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नेकपाभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको छ। पार्टी केन्द्रले लेखनाथ दाहाललाई टिकट दिएपछि जिल्ला पार्टीले त्यसको खुलेर विरोध गर्दै महेश्वर दाहाललाई उम्मेदवार बनाएको छ।

जिल्ला पार्टीको निर्णयअनुसार महेश्वरले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताका क्रममा हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, विनोद विकलगायत जिल्ला नेताहरू उनको साथमा देखिएका थिए।

माओवादी जनयुद्धमा संलग्न महेश्वर दाहाल तत्कालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्षसमेत हुन्। जिल्ला उमेदवार सिफारिस कार्यदलको निर्णय बेवास्ता गर्दै केन्द्रले टिकट दिएको आरोप लगाउँदै जिल्ला पार्टी विद्रोहमा उत्रिएको हो।

टिकटले खोल्दै दलभित्रको यथार्थ

उम्मेदवारी दर्ताको यो चरणले दलहरूभित्रको शक्ति संघर्ष, केन्द्र–जिल्ला सम्बन्ध र पुस्तान्तरणको जटिलता एकसाथ उजागर गरिदिएको छ। कतै सहमतिमा उम्मेदवार फेर्ने प्रयास छ, कतै पारिवारिक समझदारी, त कतै खुला विद्रोह।

निर्वाचन नजिकिँदै जाँदा यस्ता घटनाले दलहरूको संगठनात्मक अनुशासन र चुनावी सम्भावनामा कस्तो असर पार्छ भन्ने प्रश्न अब मतपेटिकाले मात्र उत्तर दिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

सर्लाही–४ मा वारेसमार्फत गगन थापाको उम्मेदवारी दर्ता

सम्बन्धित

निर्वाचन प्रयोजनको लागि भारतबाट नेपाललाइ ६१ वटा गाडी उपहार

हुम्लामा ८ जनाको उम्मेदवारी दर्ता

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

सिरहा–४ मा ‘हेभीवेट’ भिडन्त :पाँच पूर्वमन्त्री एकै मैदानमा

सवैभन्दा बढी उम्मेदवार रुपन्देहीमा, हिमाली जिल्लामा एक अङ्कमै प्रतिस्पर्धा

गठबन्धनबाट एकल उम्मेदवारीतिर : कांग्रेसको १६५ क्षेत्रमा उम्मेदवारी (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com