ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्याको जिद्धीः ‘म एमाले संगठित सदस्य भैरहन्छु’


ABC News

काठमाडौं ५ भदौ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपमा एमाले रहेको र एमाले रहिरहने जिरिह दोहराएकी छन् । काठमाडौँको बानेश्वरस्थित थापा गाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापनाको क्रममा भण्डारीले आफ्नो सदस्यताका विषयमा एमालेले प्रश्न उठाएको भन्दै आपत्ति जनाउँदै मन्च्मा बष्ठि उपाध्यक्ष इश्वर पोखरेलले चाखपूर्वक सुनिरहेका थिए ।

‘तपाईं के गर्नुहुन्छ भनेर यहाँहरूलाई लागेको होला म निरन्तर काम गरिरहन्छु। आफ्नो त पार्टी संगठित सदस्यकै विषयमा प्रश्न उठाएको छ यो च्यासलले,’ उनले भनिन्, ‘त्यसकारणले म चाहिँ के भन्न चाहन्छु भने–एमाले अहिले, माले थियो पहिले माले कालदेखि नै सदस्य भएको हो। ०३७ सालमा सदस्यता लिएको रहेछु। ४५ वर्ष भएछ। राष्ट्रपतिको शपथ खाँने बेलामा ३५ वर्ष भएको थियो। पार्टीले निर्णय गरेर जानुपर्छ भन्यो गएँ। राष्ट्रपतिले गर्नुपर्ने काम गौरव गर्ने हिसाबले गरेको छु।’

उनले आफू एमाले नै भइरहने पनि बताइन्। उनले थपिन्, ‘एमालेको सदस्य भएर काम गर्न चाहन्छु, गरिरहन्छु। पार्टी सिद्धान्तको मर्म र भावनाअनुसार काम भयो कि भएन समीक्षा गर्ने हो, बेला भएको छ।’

उनले पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफू सक्रिय भइरहने बताइन्।

‘दलाल पुँजी फस्टाइरहेको छ”
देशको समसामयिक राजनीतिका बारेमा बोल्दै भण्डारीले नेकपा एमालेसहितका ठूला भनिएका दलले राजनीतिक प्रणालीलाई सही हिसाबले अघि नबढाएको भन्दै आपत्ति जनाएकी छन्।

बिहीबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले संघीयतामाथि ठूला दलले काम गर्न नदिएको विषयमा प्रश्न उठाएकी हुन्।

‘विषयमा संघीय लोकतन्त्र छ एउटा कानुन पनि प्रदेश सरकराले बनाउने सक्ने खालको छैन। वडा सदस्य उठाउन पनि माथिको नेताले उर्दी जारी गर्नुहुन्छ अरु त कुरा छोडौँ,’ उनले भनिन्, ‘अहिले पनि ठूला दलहरूले राजनीतिक प्रणालीलाई सही हिसाबले अगाडि बढाउन सकेनन्। मैले भने भनेँ एमालेलाई आलोचना गरे जस्तो हुन सक्दछ। एमाले पनि अग्रज पार्टी भएकोले यस्ता कुरामा विचार पुर्‍याउनुपर्छ। मधेशलाई जनतालाई किन शुद्ध पानी दिन सकेका छैनौरु युवालाई इच्छाअनुसारको रोजगार दिन सकिरहेका छैनौँ ?’

उनले काम कम र कुरा धेरै गर्दै केपी ओली हिंडिरहेको तर्फ पनि कटाक्ष गरिन् ।

‘कुरा धेरै हुन्छ यहाँ। कुराले काम हुँदैन यथार्थमा काम हुनुपर्‍यो। यति धेरै उद्योगधन्दा हुनसक्ने देशका किन भइरहेको छैन ?,’ उनले भनिन्, ‘खुट्टाले टेकेर हिँड्नुपर्ने देश टाउकाले टेकेर हिँडिरहेको छ। व्यापार घाटा भइरहेको छ। दलाल पुँजी फस्टाइरहेको छ राष्ट्रिय पुँजी फस्टाउन सकेको छैन। दिगो विकास हुन सकेको छैन।’
ओलीले जबज छोड्न सक्ने इश्वर पोखरेलको चिन्ता


कार्यक्रमा बोल्दै रिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद -जबज- का विषयमा अनेक टिकाटिप्पणी हुन थालेको भन्दै आपत्ति जनाएका थिए।

मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जबज प्रतिकूलतासँग लडेर आएको विचार भएकोले सोहीअनुसार नै जानुपर्ने अवस्था अहिले पनि रहेको बताएका हुन्।

कार्यालय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। उनलाई पोखेलले सम्बोधनको क्रममा एमालेकी पूर्वउपाध्यक्ष भनेर सम्बोधन गरे।

‘जननेता मदन भण्डारी र उहाँले प्रतिवादन गर्नु भएको जनताको बहुदलीय जनवाद यो विचार शान्त तलाउमा ढुंगा चलाए जस्तो सलल चलेर आएको होइन। प्रतिकूलताहरूसँग लडेर आएको हो,’ उनले भने, ‘यो विचारलाई क्षतिग्रस्त हुने गरी कुराहरू उठाउन सक्छन्। हामीले यो चिजलाई ख्याल गरिएन गर्नुपर्छ। विचार कुन जगमा उभिएको छ। कुन पृष्ठभूमिमा उभिएको हो ख्याल गर्नुपर्छ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामिप्यतामै मदन भण्डारी फाउन्डेसन झाँगिँदै आएको बताए।

‘जुन बेला विचारको प्रखरताको झन्डा बोकेको त्यसबेलादेखि नै झाँगिँदै आयो। उहाँको सामिप्यता पाएर यो अवस्थामा आयो’ उनले भने।

तर ओलीले केही दिनअघि मात्रै विद्या भण्डारी पुनस् राजनीतिमा फर्केको र मदन भण्डारी फाउन्डेसनमार्फत सक्रियता देखाउन थालेपछि विरोध गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई रोक्न प्रयास गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनलाई भने ‘ठगीखाने भाँडो’ बनेको आरोप लगाएका थिए।

गएको साउन २६ गते च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै ओलीले भनेका थिए, ‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो। श्रीमान्, श्रीमतीको हो कि आन्दोलनको निम्ति काम गर्छ किरु के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’

त्यस्तै पोखरेलले मदन भण्डारीको विचारलाई विश्वमन्चमा पुर्‍याउने काम यो फाउन्डेसनले गर्नुपर्ने बताए। ुजननेता मदन भण्डारीको विचारलाई चीर स्थायीत्व दिनका लागि यस फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ,ु उनले भने, ुअहिले यही शिशिलामा ७५औं जन्मजयन्ती मनाउन कमिटी बनाइएको छ। व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको छ। उद्देश्यअनुरुप काममा सफलता पाओस्।ु

उनले थपे, ‘जबजबारे म भन्नु चाहन्छु– आँधी तुफानसँग जुध्दै पराजित गर्दै अगाडि स्थापित भएको विचार हो। यो विचारको सुदृढीकरण जननेता मदन भण्डारीले सुरु गर्नु भएको हो। उहाँले कम्युनिस्ट आन्दोलनको जगमा यो विचार उठेको हो।

उनले एमालेले जबजलाई भूल्नै नहुने पनि बताए। ‘यसलाई नेकपा एमालेका कसैले पनि भुल्न हुँदैन। यो वैज्ञानिक उन्नत विचार हो। जनताको बहुदलीय जनवाद एमालेको मात्रै होइन देश बनाउने विचार हो, राष्ट्रियताको विचार हो, पुस्तान्तरण र नेतृत्व हस्तान्तण गर्ने विचार हो’ उनले भने।

उनले फाउन्डेसनले काम गर्दा चुनौती आए सामना गर्नुको विकल्प नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com