काठमाडौं । जलनविरुद्धको सचेतना जगाउन गीति भिडियो ‘दिपक’ सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच सो भिडियो सार्वजनिक गरिएको हो । जलनले नित्म्याएका समस्यालाई गीतमा प्रस्तुत गरिएको छ ।
जलनपछि गर्ने प्रारम्भिक उपचारदेखि जलन पीडितको भविष्यसम्म आइपर्ने समस्यालाई गीतमार्फत प्रस्तुत गरिएको छ । जलनले एक व्यक्ति मात्र नभएर सिंगो परिवार र समाज नै पीडित बन्ने सन्देश दिँदै सचेत रहन गीतमार्फत आव्हान गरिएको छ ।
जलनविरुद्धको अभियन्ता तथा ‘दिपक’का सल्लाहकार उज्ज्वलविक्रम थापाले जलनको समस्याप्रति राज्य अनुदार बनेको अनुभव पोखे । बिरामीको उपचार सहयोगमा निरन्तर सक्रिय रहेका थापाले भने, ‘जलनको उपचार गराउन मन्त्री, नेता, मेयर, पालिका अध्यक्ष र वडाध्यक्षहरु फोन गर्न जान्छन्, उपचार खर्चका लागि बजेट छ्ट्याउन जाँन्दैनन् ।’
अभियन्ता थापाले जलनविरुद्धको यो गीति भिडियोको पहिलो श्रृंखला भएको भन्दै अब निरन्तर भिडियो बनाइने जानकारी दिए ।
सो समारोहमा जलनपीडितहरुको समेत उपस्थिति थियो । भिडियो हेरेपछि जलन पीडितहरु आफ्नै कथा जस्तो लागेको बताए । जलनपीडित समेत रहेका प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसाकारले आफूलाई भिडियोले भावुक बनाएको भन्दै सचेतना जगाउन सफलताको शुभकमना दिए ।
सो भिडियो रमेश केसीको निर्देशन तथा निर्माणमा बनेका हुन् । सो भिडियोमा कलाकारहरु सुस्मिता ग्वाबा तामाङ, समर्पण लामा र नोर्बु तामाङले जीवन्त अभिनय गरेका छन् । भिडियोमा अभियन्ता थापा र कीर्तिपुर अस्पतालका चिकित्सक डा. शंकरमान श्रेष्ठको समेत अभिनय रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्