ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को राजधानी छिटो तय गर्न सांसदहरुले गराए ध्यानाकर्षण


admin

रुपन्देही, १५ चैत । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले स्थानीय तहको सेवासुविधादेखि जातीय विभेदका विषय उठाउँदै प्रदेश नं ५को स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा गृहकार्य गरिनुपर्ने बताउनुभएको छ ।

आजको बैठकको शून्य समयमा कपिलवस्तुका प्रदेश सदस्य विष्णु पन्थीले मुख्यमन्त्रीदेखि प्रदेशसभाका सदस्यको मर्यादाक्रमका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने विषयमा परिपक्व ‘होमवर्क’ गर्नुपर्छ ।” सदस्य जल्पा भुसालले प्रदेशको नामकरण अविलम्ब गरियोस् भन्ने माग गर्नुभयो ।

सदस्य पुष्पा थरुनीले थारु समुदायमा देखिएको रक्तअल्पतासम्बन्धी ‘सिकल्ससेल एनिमिया’ नामक रोगको निदान गरी न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य तुलसीप्रसाद चौधरीले कृषकलाई सहज ढंगले बीउबिजन र रासायनिक मल उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सदस्य दीपा विकले समाजमा विद्यमान जातीय विभेद अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य दीर्घनारायण पाण्डेले सदस्यले अहिलेसम्म प्रतीकचिह्नसमेत पाउन नसकेको गुनासो गर्दै जनताको आकांक्षा सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । सदस्य भगवतीदेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलाइबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, विजयबहादुर यादव, भुवनेश्वर चौधरीलगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

प्युठान, ६ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर–उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को

सम्बन्धित

खजुरामा फेला परेको बम नष्क्रिय

खोप केन्द्रमा नआउँदा समस्या

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने

कोरोना परीक्षण प्रयोगशाला बन्द

राष्ट्रियसभा सदस्य निर्वाचन लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

देवदहमा घरदैलो गर्दै एकीकृत समाजवादी पार्टी 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com