ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नम्बर प्रदेशको विकासका लागी आर्थिक शिखर सम्मेलन गरिने- नेता नेपाल


admin

सर्लाही, १५ चैत । दुई नम्बर प्रदेश को समग्र विकासको लागी आर्थिक शिखर सम्मेलन गर्ने तयारी भएको कुरा नेकपा एमालेका वरिष्ठ नेता एवम पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले बताउनुभएको छ।

बिहिबार सर्लाहीको हरिवनमा अनेरास्ववियु दुई नम्बर प्रदेशले संघियतामा शिक्षा बिषयक अन्तरक्रिया र प्रतिनिधी तथा प्रदेश सभाका सदस्यहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आईपुग्नुभएका नेता नेपालले प्रेस चौतारी सर्लाहीले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा पत्रकारसंग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

दुई नम्बर प्रदेशमा देखिएको भ्रष्टचारको अन्त कानुनी शुशासनको निर्माण गर्नको लागी पनि उधमी, बुद्दिजिबी,आठै जिल्लाका सांसद पार्टीका वरिष्ठ नेता लगायतको सहभागितामा यस क्षेत्रका समस्या पहिचान गरि यहाका बिशेषतालाई उजागार गर्नको लागी पनि आर्थिक शिखर सम्मेलनको जरुरी रहेको नेता नेपालको भनाई थियो ।

सम्मेलनबाट समस्या पहिचान गर्दै सम्भावना बोकेका कृषि ,पर्यटन ,शिक्षा स्वास्थ्य मा लगानी गर्दै यस क्षेत्रका बिकृती बिसंगतीको अन्त र युवालाई रोजगारीको सिर्जना गर्नु अपरिहार्य रहेको समेत बताए ।

त्यस्तै पत्रकार हरुले दुई बाम शक्ती बिच एकता प्रक्रिया के हुदैछ भन्ने सोधेको प्रश्नको जबाफ दिदै नेपालले दुई शक्ती बिच यसै हप्ता भित्र पार्टीको एकता हुन लागेको हुदा अन्यथा नसोच्न समेत आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमण अहिले नै किन भन्ने फरक प्रश्नमा रात रहे अग्राख पलाउछ भन्ने उखान तुक्कालाई जोड्दै शुभकार्यलाई किन ढिलो गर्नु भन्दै दुई पार्टीको एकता पछि प्रधानमन्त्रीले भारत भ्रमण गर्न लाग्नुभएको समेत उहाको भनाई थियो ।

संबिधानमा भएको केहि त्रुटीहरुको संसोधन गरि संघिय समाजबादी फोरम र राजपा लाई समेत सरकारमा ल्याउने तयारी भैरहेको बताउनु हुदै त्यसको तयारीमा समेत सरकार र पार्टी अघि गृहकार्य मा जुटि सकेको भनाई थियो।

प्रेश चौतारी सर्लाहीले गरेको पत्रकार भेट्घाट कार्यक्रम पछि आजै नेपालले हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वबियुले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा छात्रबृती बितरण गर्नुका साथै सगुन शिक्षा आबशिय माबीको अबलोकन र अनेरास्वबियु दुई नम्बर प्रदेशले हरिवनमा गरेको संघियतामा शिक्षा बहस र सम्मान कार्यक्रमलाई समेत सम्बोधन गरि आजै काठमाण्डौ फर्कीनु भएको प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटाले जानकारी दिएका छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com