ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोेखाका मेयरले भने, ‘म पनि धुम्रपान छोड्छु तपाईहरु पनि छोड्नुहोस्’


admin

काठमाडौँ १४ चैत । “म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्”, टोेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भन्नुभयो । प्रमुख अधिकारीले राम्रो कामको शुरुवात आफँैबाट गर्नुपर्ने भन्दै धुम्रपान छाड्ने प्रतिबद्धता गर्दै नगरवासीलाई पनि छाड्न आग्रह गर्नुभएको हो ।

मुटु, क्यान्सरजस्ता कडा रोगको जोखिमबाट बच्न सबैभन्दा पहिले धुम्रपान त्याग्नुपर्ने उहाँको भनाइ छ । नगरवासीलाई धुम्रपानका कारण हुने मुटु र क्यान्सरबारे जानकारी दिन आज टोखा नगरपालिका र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा टोखामा भएको जनचेतना कार्यक्रममा मुटु र क्यान्सर रोगबारे विशेषज्ञ चिकित्सकले जानकारी गराउनुभएको थियो ।

जनचेतना कार्यक्रममा टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी निर्देशक महेश ढकालले सुर्तिजन्य पर्दाथ छोड्ने व्यक्तिलाई बैैंकमा खाता खोल्दा अरुलाई दिँदैआएको भन्दा एक प्रतिशत थप व्याज दिने घोषणा गर्नुभयो ।

मनमोहन कार्डियोभास्कुरा सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराईले नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ दिनप्रतिदिन मुटुका बिरामी बढिरहेका छन् तर सोहीअनुसार मुटुरोग उपचार गर्ने सेन्टर अभाव छ, हामीलाई कम्तिमा पनि ३५ वटा मुटुरोग उपचार गर्ने सेन्टर आवश्यक छ तर २ वटा मात्रले मात्र काम चलाउनुपरेको स्थिति छ, विशेषज्ञ चिकित्सकको पनि अभाव छ ।”

डा भट्टाराईले मुटुका ९५ प्रतिशत रोगको उपचार नेपालमै सम्भव भएकाले विदेश गई उपचार गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । वीर अस्पतालका क्यान्सर रोग विशषज्ञ प्रा डा विष्णुदत्त पौडेलले धेरै क्यान्सर रोगी अन्तिम अवस्थामा मात्र अस्पताल आइपुग्ने बताउनुभयो ।

क्यान्सरबारे पर्याप्त जानकारी नहुदाँ उपचारबाट निको हुने रोग पनि मृत्युमा फेरिने बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख भएकोले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताउनुभयो ।

नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छातीको, जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ । सरकारीस्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादनमै कमी, जथाभाबी बिक्रीवितरणमै नियन्त्रण गर्न उहाँले आग्रह गर्नुभयो । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमति जाँच, मद्यपान नियन्त्रण गर्न सकेमा क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।

सुर्तीजन्य पदार्थविरुद्ध अभियान सञ्चालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले ८० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पर्दाथको प्रयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक दिन ४२ जनाको मत्यु क्यान्सरले हुन्छ भने २५ हजार नयाँ क्यान्सर रोगी बर्षेनी थपिन्छन्, त्यसैले सुर्तीजन्य पर्दाथको प्रयोगलाई निरुत्साहित गर्नु आवश्यक छ ।”

उहाँले सूर्तिजन्य पदार्थ विरुद्धको ऐन, २०६८ प्रभावकारी कार्यान्वनमा सरकारी संयन्त्रले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा मेयर पदमा राप्रपा, विवेकशील र सुमन सायमीले कति प्रतिशत ल्याए मत ?

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको २२ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा २३ देखि ३२ सम्मको मत गणना सकिएको

काठमाडौं महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५० हजार नाघेको छ ।

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

वीरगन्ज, १० जेठ । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा ५ दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौंमा मेयर पदमा राप्रपा, विवेकशील र सुमन सायमीले कति प्रतिशत ल्याए मत ?

काठमाडौं महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

भरतपुर महानगरमा प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

बाँकेमा जोगाउन सकेन एमालेले विरासत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: ss[email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com