ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा बर्षेनी बढ्दैछ मानिस हराउनेको संख्या, तथ्याङ्क यस्तो देखिन्छ..


admin

गुल्मी, ९ चैत ।

घटना १- रेसुङ्गा नगरपालिका १२ की २७ बर्षिया सकुन्तला घर्तीका श्रीमान रोजगारीका लागि विदेशमा छन् । भएका एक छोरालाई पनि घरमै छोडी फागुन १४ गते सकुन्तला घरबाट हिडिन् । परिवारका सदस्यहरु २ दिनसम्म पनि उनको आशामा बस्दा समेत सकुन्तला आइनन् । अन्तत देवर राम बहादुर घर्तीले चैत १६ गते प्रहरीमा भाउजु हराएको उजुरी दिए ।

घटना २- रुरु गाउँपालिका ५ बम्घाकी २७ बर्षिया हेमा राना चैत १ गते कपडा धुन भन्दै घरबाट हिडिन् । हेमा आउने आशामा परिवारका सबै सदस्यहरु पर्खेर बसे तर न उनी आइन, न त कपडा नै आए । अन्तत ४ दिनपछि उनकी सासुआमा यममाया रानाले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएको उजुरी दिइन् ।

घटना ३- रेसुङ्गा नगरपालिका ८ का १५ बर्षिया दिपक खनाल पुस २५ गते घरबाटै हराए । सोहि दिन नै आमा पार्वती खनालले जिल्ला प्रहरी चौकिमा छोरा हराएकोले खोजि गरिदिन भन्दै उजुरी दिइन् ।

माथिका घटना त प्रतिनिधि पात्र मात्र हुन् । गुल्मीमा यसरी नै मानिसहरु हराउनेको संङ्ख्या बढ्दै गएको छ । पछिल्ला ८ महिनामा मात्रै ९८ जना मानिस हराएको उजुरी प्रहरीमा परेको छ । जसमा कोही भेटिए भने ७८ अवस्था अझै अज्ञात छ ।

साउनदेखि फागुनसम्मको तथ्याङ्कले यस्तो देखाउँछ ?

जिल्ला प्रहरी कार्यालय गुल्मीमा यसैगरि मानिस हराएका उजुरीमा बृद्धि हुँदै गएको छ । आर्थिक बर्ष २०७४-७५ को पछिल्लो आठ महिनामा मात्रै ९८ जना हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हराएकाहरुमध्ये सबैभन्दा धेरै महिला ६८ जना छन् । जुन कुल सङ्ख्याको ६९.३८ प्रतिशत हो ।

बालक सात जना र बालिका १५ जना रहेको महिला तथा बालबालिका सेलकी झरना परियारले जानकारी दिइन् । त्यस्तै पुरुष नौ जना हराएका छन् । हराएका कुल ९८ जनामध्ये २० जना फेला परिसकेका छन् भने ७८ जना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

। हराएकामध्ये सबैभन्दा धेरै महिला ६८ जना छन् । ति मध्ये पनि १२ जना फेला परेको र अझै ५४ जना पत्ता लाग्न नसकेको महिला तथा बालबालिका सेलकी परियारले बताइन् ।

त्यस्तै साउनदेखि फागुनसम्म सातजना बालक हराएका छन् । जसमध्ये एकजना फेला परेका छन् भने छ जना सम्पर्कमा आउन सकेका छैनन् । बालिका पनि १५ जना हराएको तथ्याङ्क प्रहरी कार्यालयमा छ । जसमध्ये ५ जना भेटिएको र १० जना सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै साउन महिनामा १९ हराएका छन् । जसमध्ये महिला नौ जना, बालक चार जना, बालिका र पुरुष तिन-तिनजना रहेका छन् । हराएकामध्ये हालसम्म महिला एक र बालक एक गरी दुईजना मात्र भेटिएका छन् । बाँकी १७ जना सम्पर्क बाहिर छन् ।

सबैभन्दा थोरै पुष महिनामा छ जना हराएका छन् । हराएका सबै महिला छन् । जसमध्ये एकजना भेटिएको बाँकि पाचँजना सम्पर्क बाहिर छन् । त्यस्तै भदौमा १० जना हराएकोमा दुईजना मात्र भेटिएका छन् । बाँकि आठजना अझैसम्म पनि भेटिएका छैनन् ।

असौजमा नौ महिला, तिन बालिका र एक पुरुष गरी १३ जना हराएका छन् । जसमध्ये पाचँ महिला र एक बालिका भेटिएका छन् भने सातजना अझै हराइरहेका छन् । कार्तिकमा छ महिला, तिन पुरुष, बालक र बालिका एक÷एकजना गरी ११ जना हराएका छन् । तिमध्ये एकजना सम्पर्कमा आएको र बाँकि १२ जना सम्पर्कबिहिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंसिरमा नौ जना महिला र एक पुरुष गरी १० जना हराए । जसमध्ये पुरुष र महिला एक-एकजना भेटिए भने बाँकि आठजना अझै हराइरहेका छन् । माघ महिनामा १२ जना महिला, दुई बालिका र एक बालक गरी १५ जना हराए । जसमध्ये महिला र बालक एक-एक जना भेटिए भने १३ जना अझैसम्म पनि सम्पर्कमा छैनन् ।

त्यस्तै फागनुमा १० जना महिला, बालिका तिनजना र बालक एकजना गरी १४ जना हराए । जसमध्ये बालिका दुई र महिला एकजना भेटिएपनि बाँकि ११ जना अझैसम्म पनि सम्पर्कमा नआएको महिला तथा बालबालिका सेलकी झरना परियारले बताइन् । पुष, माघ र फागुन महिनामा एउटा पनि पुरुष हराएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छैन् ।

बर्षेनी बढ्दैछ यो तथ्याङ्क

आर्थिक बर्ष ०७२-७३ मा कुल ७९ जना मानिस हराएका छन् । जसमध्ये महिला ६२ जना, बालक ११ जना र बालिका छ जना छन् । हराएकामध्ये महिला २५, बालक र बालिका पाचँ-पाचँ जना गरी ३५ जना सम्पर्कमा आएका छन् भने ४४ जना सम्पर्कबाहिर छन् । हराउनेहरुको सङ्ख्या आर्थिक बर्ष ०७३-७४ मा बृद्धि भई ९० पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा ११ ले बढी हो ।

०७३-७४ मा महिला ७०, बालिका ११ र बालक नौ जना हराएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । जसध्ये महिला १२, बालिका पाँच र बालक चार जनामात्रै भेटिएका छन् । बाँकि ७९ जना अझैसम्म पनि सम्पर्कबाहिर रहेको परियारले बताइन् ।

हराउनेमा १६ देखि २५ बर्षसम्मका महिलाहरु बढी

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी महिला हराएका छन् । तिमध्ये १६ देखि २५ बर्ष उमेर समूहका सबभन्दा बढी हराउने गरेको पाइएको छ । विवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनु महिला हराउनुको प्रमुख कारण बनेको प्रहरी सहायक निरिक्षक सत्य यादवले बताए ।

त्यस्तै अधिकाशं पुरुषहरु रोजगारीको लागि विभिन्न ठाँउमा जाने र श्रीमती अर्कैसँग जानुले पनि महिला हराउनेको सङ्ख्यामा बृद्धि भएको हो । त्यसभन्दा बाहिर शारीरिक अपाङ्ग, मानसिक असन्तुलन, घरपरिवारको झगडा, सामाजिक अपहेलना आदि कारणले गर्दा पनि मानिसहरु हराउने यादवले बताए ।

प्रहरी के भन्छ ?

मानिस हराएको उजुरी प्रहरीमा आएपनि भेटिएपछि भने कुनै जानकारी नआउनुले पनि हराउनेहरुको सङ्ख्यामा बृद्धि भएको प्रहरीको निष्कर्ष छ । अहिले प्रहरी कार्यालयमा भागि विवाह, श्रीमान–श्रीमतीको झगडा लगायतका कारणले घर छोडेपछि पनि हराएको भन्दै उजुरी आउछन् । तर मानिस भेटिएपछि त्यसको सूचना प्रहरीमा आउदैनन् । ‘प्रक्रिया र ब्यवहारिकता हेरेर आएका निवेदन प्रहरीले दर्ता गर्नैपर्छ ।’ जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर डाक्टर प्रसाद चौधरीले भने, ‘हराएकामध्ये धेरै भेटिएका छन्, तर प्रहरीमा जानकारी नहुँदा समस्या परेको छ ।’

वुद्धिजिविको विश्लेषण ‘रोजगारी नै मुख्य कारण’

रेसुङ्गा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख हरी बहादुर खत्रीले हराउने मानिसहरुको सङ्ख्यामा कम गर्न चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्वदेशमै रोजगारको सिर्जना र जनतामा राष्ट्रियताको भाव जागृत गराउन सकेमा पनि बैदेशिक रोजगार कम हुने र त्यसले हराउने मानिसको सङ्ख्यामा कम हुने उनको भनाई छ । ‘स्वदेशी उत्पादनलाई बढावा दिने, सरकारी निकयाबाट कृषि जस्ता शिर्षकमा अनुदान र प्रोत्साहनको ब्यवस्था, जनचेतामा बृद्धि आदि जस्ता काम गरेमा रोजगारी सिर्जना हुन्छ ।’ उनले भने, ‘यसो भएसँगै परिवारमा मेलमिलाप हुन्छ र हराउनेहरुको सङ्ख्यालाई कम गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com