ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक


एबीसी न्यूज
बैशाख ७, २०८२ आईतबार  ४ : १० बजे

काठमाडौं, ७ वैशाख ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको बताए ।
राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।

उता सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकाहरुमा लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन् ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । यसैबीच राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com