ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?


एबीसी न्यूज
माघ २०, २०८२ मंगलबार  ११ : ४९ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनावी मौनता तोड्दै बोल्न थालेका छन्। काठमाडौं महानगरपालिकाको मेयर रहँदा सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयलाई लिएर उनलाई ‘डोजर आतंक’ को आरोप लाग्ने गरेको छ। तर, झापाको चुनावी अभियानका क्रममा पुगेका बालेनले सोमबार र मंगलबार स्थानीय सुकुम्बासीहरूसँग भेटघाट गर्दै आफ्नो पुरानो निर्णयको स्पष्टिकरण दिएका छन्।

मंगलबार बिहान झापाको कमल गाउँपालिका स्थित एक सुकुम्बासी बस्तीमा पुगेका बालेनलाई स्थानीयहरूले सिधै प्रश्न सोधे— काठमाडौंमा डोजर चलाएजस्तै यहाँ पनि हामीलाई उठाइदिन्छौ त ? केहीले त ‘बालेन आएपछि झापाका सुकुम्बासी पनि डोजरको सिकार हुन्छन्’ भन्ने हल्ला सुनेको चिन्ता पोखे।

जवाफमा बालेनले आफ्नो काठमाडौंको निर्णयलाई ‘ज्यान जोगाउने कार्य’ को रूपमा प्रस्तुत गरे। उनले भने, “काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो। उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ। असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त। त्यसैले उहाँहरूलाई त्यहाँबाट सेफ (सुरक्षित) ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो। तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो। खासमा उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो।”

उनले थपे, झापाका सुकुम्बासीहरू भने ‘रियल’ छन्। “यहाँको त रियल हो नि त। ४०–५० वर्षदेखि बसेको,” उनले भने।

बालेनसँगै गएका उनका सल्लाहकार कुमार व्यञ्जनकार (कुमार वेन) ले पनि सुकुम्बासी समस्या पुरानो रहेको बताए। उनले भने, २०४८ सालदेखि २३ वटा आयोग बने पनि समस्या समाधान नभएको। एक स्थानीय सुकुम्बासीले गुनासो पोखे, “लगत उठाउँदै जान्छन्, कर लैजान्छन्। अस्ती नै पनि आयोगले सबै लगेको छ। तर, अहिलेसम्म केही भएको छैन।”

बालेनले भूमि आयोगका नाममा कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुम्बासीले लालपूर्जा नपाउने समस्या दोहोरिन नदिन आफूले चाहेको बताए।

यो भेटघाट बालेनको चुनावी रणनीतिको हिस्सा मानिएको छ। झापा–५ मा उनी निर्वाचन क्षेत्रमा सक्रिय हुँदै गर्दा पुरानो विवादित विषयलाई स्पष्ट पार्ने प्रयास गरेका छन्। काठमाडौंमा उनको डोजर अभियानलाई कसैले ‘सुशासन’ को प्रतीक मानेका छन् भने कसैले ‘असंवेदनशील’ भनेका छन्। तर, झापामा भने उनले सुकुम्बासीहरूलाई ‘वास्तविक’ भनेर फरक छुट्याउने प्रयास गरेका छन्।

चुनाव नजिकिँदै गर्दा बालेनको यो भेट र स्पष्टिकरणले मतदातामा कस्तो प्रभाव पार्ला ? स्थानीय सुकुम्बासीहरूको मन जित्न उनले गरेको यो प्रयास सफल हुन्छ कि हुँदैन, अबको केही दिनमा थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com