ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा


एबीसी न्यूज
माघ २०, २०८२ मंगलबार  १ : ४३ बजे

क्वोंने (घोण्डे–घोताने) , २० माघ । गुरुङ समाज युकेले मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनीमा बौद्ध गुम्बा निर्माण गरेको छ । करिब ६३ लाख रुपियाँमा निर्माण गरिएको गुम्बाले धार्मिक पर्यटक बढाउने विश्वास समाजले गरेको छ ।

गुम्बा निर्माण समितिका संयोजक राजेन्द्र गुरुङले एक वर्षभित्रमा निकै मेहनतसाथ पवित्र भावनाले गुम्बा निर्माण गरिएको बताउनुभयो । दूर्गम र अति पवित्र रमणीय ठाउँमा गुम्बा निर्माण गरिएकाले खर्चिलो र समय लागेको बताउनुभयो ।

पितृहरुको अस्तु विसर्जन गरिने पवित्र धार्मिक स्थलको रुपमा रहेको कागबेनीमा गुम्बा निर्माणले बौद्ध धर्मका प्रवर्तक तथा धार्मिक पर्यटकहरुको चहलपहल बढ्ने विश्वास उहाँले गर्नुभयो । सनातनकालदेखि चल्दैआएको पितृ तर्पणको काममा थप सहज हुने उहाँको भनाइ छ ।

क्वोंने गुरुङ (तमु) समाज युकेका अध्यक्ष कुमार गुरुङले १० वर्षअघि गठन भएको समाजले गुम्बा निर्माण गरेको बताउनुभयो । माघ २८ गते (फेब्रुअरी ११, २०२६) मा गुम्बाको विधिवत उदघाटन गरिने बताउनुभयो । पवित्र भावना राखी गुम्बा निर्माण गरिएको उहाँले बताउनुभयो ।

चेलीबेटी समूहका प्रमुख लिना गुरुङले मुस्ताङ भ्रमणमा जाँदा गुम्बा निर्माणको परिकल्पना गरिएको बताउनुभयो । कागबेनी, मुक्तीनाथ, कोरला नाकाको भ्रमणका क्रममा सो ठाउँका लागि केही न केही गर्ने मनमा इच्छा व्यक्त भएपछि अग्रजहरुको सल्लाहअनुसार गुम्बा निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

भ्रमणमा जाँदा त्यहाँ पूजापाठ र तर्पण चढाउनेबेला भक्तजनलाई बत्ती बाल्नसमेत समस्या देखेको बताउँदै खुला र अग्लो ठाउँमा हावाको बेगले धुपबत्ती जलाउने समस्या देखेर गुम्बा निर्माणको इच्छा व्यक्त भएको बताउनुभयो । पवित्र धार्मिक ठाउँमा केही गरुँ भनेर गुम्बा निर्माण गरिएको बताउनुभयो । उहाँले आफू १७ वर्ष हङकङ र १५ वर्षदेखि युकेमा बसोबास गर्दैआएको बताउनुभयो ।

प्राणी जगतको कल्याण हेतु आफूले सो ठाउँमा गुम्बा निर्माण गर्ने परिकल्पना गरेको र अग्रज र अभिभावकहरुको परामर्शमा गुम्बा निर्माण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com