ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह


एबीसी न्यूज
माघ २०, २०८२ मंगलबार  २ : ०० बजे

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले प्रदेश संरचनाबारे फैलाइएको भ्रमलाई चिर्दै स्पष्ट पारेका छन्: “प्रदेश संरचनामा न्यून खर्च छ, मन्त्री–सांसदले खाएको तलबले देश डुबेको होइन, भ्रष्टाचारले डुबेको हो।”

मंगलबार कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा मतदातासँगको प्रत्यक्ष छलफलमा बालेनले यो कुरा दोहोर्‍याए। चुनावी अभियानको क्रममा पुगेका उनलाई स्थानीयहरूले विभिन्न मुद्दामा प्रश्न गरे — काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयदेखि शिक्षा, स्वास्थ्य, प्रदेश संरचना र बजेट अभावसम्म।

सुकुम्बासीको डर र बालेनको प्रस्टीकरण

चार दशकदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूले काठमाडौंमा डोजर चलाएको घटनाबारे जिज्ञासा राखे। उनीहरूले आशंका गरे — ‘काठमाडौं जस्तै यहाँ पनि विस्थापन हुने त होइन?’

बालेनले तुरुन्तै स्पष्ट पारे: “काठमाडौंको खोला छेउको सार्वजनिक जग्गा हो। बर्खामा बाढीले बस्ती माथिसम्म पुग्छ। हरेक असारमा उनीहरूलाई उठाएर अर्को ठाउँ लग्नुपर्छ। मैले गरेको काम विस्थापन होइन, मानिसको ज्यान जोगाउन सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रयास हो।”

उनले गलत न्यारेटिभ फैलाइएको आरोप लगाउँदै भने, “त्यसलाई लिएर डोजर चलाए जस्तो भाष्य बनाइयो, तर उद्देश्य ज्यान जोगाउनु थियो।”

उनले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय सरकारको सिफारिसमा भूमि आयोगमार्फत लगत संकलन गरी सरकारले जग्गा उपलब्ध गराउनुपर्ने कानुनी प्रक्रिया रहेको सम्झाए। स्थानीयहरूले २३ वटा भूमि आयोग बने पनि लालपुर्जा नपाएको, पहुँचवालाले मात्र सुविधा पाएको गुनासो गरे। बालेनले पहुँचका आधारमा लालपुर्जा वितरण गर्ने परिपाटी सुधार्नुपर्ने बताए।

शिक्षा–स्वास्थ्य र प्रदेश संरचनाको बहस

२० वर्ष वैदेशिक रोजगारीबाट फर्किएका एक स्थानीयले भने, “नेपालमा शिक्षा र स्वास्थ्य महँगो भएकाले युवा विदेश पलायन हुनुपरेको छ।”

बालेनले जवाफ दिए: “संविधानमा शिक्षा निःशुल्क लेखियो, तर बजेट छैन। खल्तीमा पैसा नहुनेले पनि शिक्षा–स्वास्थ्य पाउनुपर्‍यो, पैसा हुनेले व्यापार गर्न पाउनुपर्‍यो। काठमाडौंमा निजी विद्यालयमा पनि विपन्नका लागि १० प्रतिशत सिट छुट्याइएको छ।”

एक स्थानीयले बजेट अभावमा प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने तर्क गरे। बालेनले तुरुन्त खण्डन गरे: “होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो। तलबमा जाने न्यून खर्च हो। त्यो पनि एक भ्रम हो। मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन। तिनीहरूले भ्रष्टाचार गरेर देश डुबेको हो।”

उनले भ्रष्टाचार नियन्त्रण र सही व्यवस्थापन मुख्य कुरा भएको दोहोर्‍याए।

घोषणापत्र र भविष्य योजना

बालेनले आउँदो फागुन पहिलो साता पार्टीको घोषणापत्र र स्थानीय एजेन्डा सार्वजनिक गर्ने बताए। हरेक क्षेत्र, किसान, व्यापारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै विशिष्ट योजनाहरू तयार पारिएको उनको भनाइ थियो।

उनले आगामी निर्वाचनमा देशमा परिवर्तन ल्याउने र युवाहरूको भविष्य सुनिश्चित गर्न रास्वपाले ठोस योजना लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

यो भेटघाटले बालेनको चुनावी अभियानमा स्थानीय मुद्दा लाई प्राथमिकता दिएको देखाउँछ। झापा–५ मा उनको उपस्थितिले युवा, सुकुम्बासी र वैदेशिक रोजगारीबाट फर्केका समुदायमा नयाँ आशा जगाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com