ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ।

तर, देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु विगत १९ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा छन्। जसका कारण तोकिएको समयमा परीक्षा हुने नहुने निश्चित छैन। यसबाट विद्यार्थी र अभिभावकहरु चिन्तित भएका छन्।

राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्।

निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधार नभइ आन्दोनल नरोक्ने जनाएको छ।

तर, राष्ट्रिय परीक्षा बोर्डले भने गएको शुक्रबार विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको थियो। त्यसयता बोर्ड पनि बोलेको छैन। बोर्डका अध्यक्ष महाश्रम शर्मालाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।

यसबीचमा प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधि र महासंघका पदाधिकारीबीच पटकपटक वार्ता भए पनि विना निष्कर्ष सकिएका छन्। यसले पनि परीक्षाप्रतिको अन्योल बढाएको छ।

कतिपयले अब शिक्षकले आन्दोलन रोके पनि तोकिएको सयममा कक्षा १२ को परीक्षा सञ्चालनको लागि तयारी नपुग्ने बताउन थालेका छन्।

शिक्षा मन्त्रालयले पनि यस विषयमा ठोस जबाफ दिएको छैन। शिक्षा मन्त्रीका स्वकीय सचिव अशेष पोखरेलले कक्षा १२ को परीक्षाको विषयमा आज साँझसम्म ठोस निष्कर्ष आउँने बताए। ‘परीक्षा रोकिँदैन। दुईतीन दिन सर्न सक्छ,’ उनले भने, ‘कक्षा १२ को परीक्षाको विषयमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सल्लाह हुँदैछ। आज साँझसम्म केही निष्कर्ष आउला।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com