ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकी घोषणा


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । अमेरिकाले आउँदो महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट ९आईएस० विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।

अमेरिकी रक्षा सचिवको निर्देशनअनुसार अब ती सैनिकलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया शुरु गरेको पेन्टागनका प्रवक्ता सीन पार्नेललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । पार्नेलका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ ।

यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताउनुभयो । आईएसले सन् २०१४ मा आक्रामक गतिविधि शुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्‍याउँदै आतङ्कवादी समूहविरुद्ध अभियान थालिएको थियो ।

अभियानका क्रममा अमेरिकी सेनाले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता जनाएका थिए भने हजारौं सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो । इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गर्नुभएको थियो । तर पनि अहिले केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com