ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ :राष्ट्रिय परीक्षा बोर्ड


एबीसी न्यूज

काठमाडौं, ५ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट सञ्चालन गर्ने समयतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । शिक्षक आन्दोलन लम्बिँदै जाँदा परीक्षा हुनेरनहुने आंशका बढ्दै गरेको बेला बोर्डले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने दाबीसहित शुक्रबार विज्ञप्ति जारी गरेको हो । परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्नसमेत बोर्डले आग्रह गरेको छ । ‘वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामण सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
परीक्षा नियन्त्रकले जारी गरेको विज्ञप्तिमा विद्यार्थीलाई परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनसमेत अनुरोध गरिएको छ । ‘सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक, प्रधानाध्यापकहरुमा बोर्ड अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षक आन्दोलनको कारण परीक्षा तयारीका काम भने अवरुद्ध छ । बोर्डका प्रदेश र शाखा कार्यालयहरुले केन्द्राध्यक्ष छनौट, अभिमुखीकरण लगायतका गतिविधि अघि बढाउन सकेका छैनन् । शैक्षिक हड्तालको आयोजना गरेको शिक्षक महासंघले विज्ञप्ति जारी गरेर कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com