ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई वर्षमानको चेतावनी- स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंकको जिम्मा दिने काम नहोस्


एबीसी न्यूज

काठमाडौं ५ चैत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गभर्नर नियुक्तिमा स्वार्थसमूह हावी भएको बताएका छन्।

पार्टीसम्बद्ध रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार चन्द्रागिरिमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताएका हुन्।

यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो।

उनले गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप समेत लगाए।

‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्तिका लागि अर्बौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चारमाध्यमहरुमा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौं स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस्।’

पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैँ पदमा रहिरहने नसोच्न चेतावनी दिए।

‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौँ’, उनले भने।

पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान कांग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए।

उनले कांग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे। दुई तिहाइको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे।

कांग्रेस–एमालेको कुशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीहरुले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको चर्चा पुनले गरे।

‘हामीले १० वर्षसम्म लडेर गणतन्त्र र लोकतन्त्र ल्यायौँ। हामीले रैतीबाट जनता बनाएका केही मानिसहरु हामी जनता हुन चाहन्नौँ। रैती भएर बाँच्न चाहन्छौँ भन्दै हिँडेका छन्’, पुनले भने, ‘सार्वभौम भइसकेका नेपाली जनता अब कसैका रैती हुन चाहँदैनन्।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com